Sorry, that menu does not exist.
 

काँग्रेसे टोलीव्दारा तमानखोलामा ३ सय ३० परिवारलाई खाध्यान्न वितरण

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख १५ । नेपाली काँग्रेसका नेता जित शेरचन सहितको टोलीद्धारा तमानखोला गाउँपालिकाका सबै वडामा पुगेर राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश ३५ दिन देखि लकडाउनको अवस्थामा रहेको सन्दर्भमा ग्रामिण क्षेत्रमा रहेका गरीब, विपन्न, मजदुर वर्गका निम्ती सहयोग स्वरुप राहात वितरण गरिएको जनाइएको छ ।

तमानखोला गाउँपालिकाको वडा नं.१ देखि ६ वडा सम्मका ३ सय ३० घुरदुरीलाई खाध्यान्ह सामाग्रि हस्तान्त्रण गरीएको छ । जसअन्र्तगत प्रतिपरिवार चामल ३० केजी, एक केजी नुन, एक प्याकेट तेल, एक पिस सावुन टोलटोलमै पुगेर वितरण गरिएको थियो ।

विपदको समयमा जनता समस्यामा परेका कारण आफुहरुले बागलुङ क्षेत्र नं.२ अन्र्तगत तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा खाध्यान्न वितरण गर्ने अभियान स्वरुप तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको र अव निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा कार्यक्रम सुरु गरिने जनाइएको छ ।

अभियानमा नेपाली काँग्रेस पूर्व महासमिती सदस्य अर्जुन शेरचन, महाधिवेशन प्रतिनिधी जित शेरचन, क्षेत्र नं.२ ख प्रदेश सभापती नरजँग घर्ती, तमानखोला गाउँपालिका पार्टी सँयोजक खगेन्द्रमान पुन, नेपाल तरुणदल जिल्ला सचिव नविन शेरचन समाजसेवी ऋषिराम कँडेल लगाएको सहभागितामा स्थानीयलाई राहात वितरण गरीएको हो । विभिन्न सहयोगि व्यक्तिहरुको सहयोगमा यो अभियान सुचारु भएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

14 Comments