Sorry, that menu does not exist.
 

सिसाखानीमा राहत वितरण : बिपतका बेला जनातालाई भोकै मर्न नदिने वडा अध्यक्ष पुनको दाबी !

हेम विश्वकर्मा, बडीगाड २०७७ बैशाख १६ । बडीगाड गाउँपालिका वडा नं ३ सिसाखानीले गरीव, विपन्न परिवारलाई सोमबारदेखी खाध्यान्न वितरण सुरु गरेको छ । लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका वडाका २० घर परिवारलाई राहत वितरण गरिएको हो ।

आज पहिलो चरण अन्तरगत साबिक सिसाखानी गा.बि.स वडा न. १ देखि ६ नं वडामा रहेका मजदुर, गरिब, अपाङ्गता भएका तथा एकल रूपमा बस्दै आएका परिवारलाई प्रतिपरिवार चामल ३० केजी, दाल ३ केजी, तेल २ केजी चिनि १ केजी, चाउचाउ ५ पिस, जिरा मसला १ पाउ, नुन २ केजी, एक पिस चिया, मसला एक पिस, चना १ केजी ५ केजी चिउरा, एक पिस बेसार उपलब्ध गराइएको वडा अध्यक्ष खडक पुनले जानकारी दिए ।

२० जना मध्यमा १२ जनाले आज आफ्नो राहत लगेको र मौसमका कारण उपस्थित हुन नसकेका ८ जनालाई भोलि नै उपलब्ध गराउने उहाँले बताउनुभयो । बाँकी रहेका साबिक ७, ८ र ९ का १५ घरपरिवारलाई लगतै राहत वितरण गरिने वडा सदस्य चुडा बहादुर पुनले बताए ।

केही दिनदेखि लगातार परिरहेको बर्षात लगाएतका प्राबिधिक कारणले राहत वितरणमा केही ढिलाई भएको पनि वास्तबिक बिपन्न परिवार यसबाट लाभान्वित भएका छन् । राहत पाएपछि बिपदमा सरकार रहेछ भन्ने महसुस गरेको स्थानिय हर्क श्रीसले सुनाए । बिपत्तिका बेला स्थानिय सरकारले जनातालाई भोकै मर्न नदिने वडा अध्यक्ष पुनले दाबी गरे । राहत वितरण वडा अध्यक्ष सहित जनप्रतिनिधि, स्थानिय पत्रकारको रोहवरमा बितरण गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment