शव्द/चित्र अस्मिता कान्छी
बोवाङ २०७७ बैशाख १६ । ढोरपाटन नगरपालिका ७ बोवाङ गाउँ गहुँबाली स्याहार्न भ्याई नभ्याई छ । पाक्ने बेला (पाकी सक्दा)मा असिना पानी हावाहुरीले निकै नोक्शान पुराएका कारण स्थानीयवासी यस वर्ष गहुँ जौँको उत्पादनमा ह्रास आउने भएपछी गमसीन देखिन्छन् । वर्ष भरीको मुख्यवाली मध्यको गहुँ जौँ भित्राउने बेला प्रकृतिको मार पर्दा चिन्तामा नपर्ने कुरा पनि भएन ।
जति हुन्छ जौँगहुँ थन्काईवरी मकैबाली लगाउने तिर किसानहरुको केन्द्रित हुने समय हो यो । अहिले सम्म पनि हावाहुरी र वर्षातको मार बालीनालीमा परिरहेको पीडा स्थानीय किसानहरुको अनुहारमा टड्कारै देखिन्छ ।
One Comment