Sorry, that menu does not exist.
 

रेसुङ्गा नगरपालिकाले दोश्रो चरणमा पहिलो भन्दा दोब्बर भन्दा बढी राहत वितरण गर्ने !

मनु सुनार , गुल्मी २०७७ बैशाख १६ । गुल्मीको रेसुङ्गा नगरपालिकाले दोश्रो चरणमा वितरण गरिने राहतको तयारीलाई तिव्र बनाएको छ । मंगलबार ¥यापिड रेन्पोन्स टिमका अध्यक्ष तथा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाभित्र दोश्रो चरणमा वितरण गरिने राहत लगायतका बिषयमा छलफल गरेको हो ।

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले दैनिक मजदुरी गरेर निर्वाह गरेकाहरुको रोजगारी गुमेको भन्दै दोश्रो चरणमा वितरण गरिने राहतका बिषयमा छलफल गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख भुसालले जानकारी दिए ।

दोश्रो चरणमा वितरण गरिने राहतको सम्पुर्ण विवरण ¥यापिड रेन्सपोन्स टिमको बैठकले तहकिकात गरेको उल्लेख गर्दै बिहिबार नगरपालिकाको कार्यपालिका बैठक बसेर वितरणको कार्य शुरु गरिने उनले ईबागलुङलाई जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाले दोश्रो चरणमा पहिलो चरणमा वितरण गरिएको भन्दा दोब्बर भन्दा धेरै राहत वितरण गरिने बताईएको छ । पहिलो चरणमा १ हजार ४ सय ९१ घरपरिवारका, ५ हजार ६ सय ६३ जनालाई २० हजार केजी राहत वितरण गरेको नगरपालिकाले दोश्रो चरणमा दोब्बर भन्दा धेरै २ हजार ३ सय २५ घरपरिवारका, ८ हजार आठ सय ६३ जनालाई ४६ हजार किलो चामल राहत स्वरुप वितरण गरिने मेयर भुसालले जानकारी दिनुभयो । जसमा ३ हजार ५० किलो दाल, तेल २ हजार १ सय ६ लिटर, नुन वितरण गरिने बताईएको छ ।

रेसुङ्गा नगरपालिकाको सबैभन्दा विकट वडा मानिने वडा नं १४ पराल्मी रातामाटामा पहिलो चरणमा १ सय २५ घरपरिवारका ३ सय २३ जनालाई १५ सय ३० किलो चामल वितरण गरिएकोमा दोश्रो पटक २ सय ६० घरपरिवारका ९ सय २८ जनालाई ४ हजार ८ सय ६० किलो चामल राहत स्वरुप वितरण गरिने नगरप्रमुख भुसालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !