कमल पौडेल, खर्वाङ २०७७ बेशाख १७ । बहुप्रतिक्षित खर्वाङ सिसाखानी पाण्डवखानी बडीगाड सडक निर्माण कार्य सुरु भएको छ। भौतिक मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडक खण्डको कार्य सुरु भएको हो। सो सडक निर्माणको लागि एसि कन्ट्रक्सनले ५४ लाख १५ हजार ६ सय मा विड गरेको र सोहि अनुसार निर्माण सुरु भएको सोहि साइट इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए । १० वर्ष अगाडिबाटै सडक खन्न सुरु भएपनि पर्याप्त वजेट अभावमा सम्पन्न हुन सकेको छैन। खर्वाङबाट ८ किलोमिटर दुरीमा शिसाखानीको भलामी पुग्न सकिने भएपनि सडक अभावमा स्थानिय रिघा तथा दगातुन्डाडाको घुमाउरो बाटो हिँड्न वाध्य भएका छन्। हाल सम्म सडकको झण्डै ४ किलोमिटर भाग सम्पन्न भएको छ।
यस वर्ष वाँकी सडक पुरा गर्ने भन्दै पहिलो चरणमा १ करोड र दोश्रो चरणमा २ करोड वजेट विनियोजन गरिएको सांसद देवेन्द्र पौडेलले बताए । सडक डिभिजन कार्यालय अन्तरगत नै थप २ करोडको टेन्डर आह्वान गर्ने तयारी भएपनि लकडाउनका कारण समस्या भएको र प्रक्रिया अगाडि वढाउन नसकिएको इन्जिनियर श्रीसले बताए ।
पहिलो चरणको रकमबाट सडक निर्माण हुन थालेपछि खुसी भएका स्थानिय सडक पुरा नहुने होकी चिन्तामा छन्। वाँकी २ करोडको काम हुन पाए भलामी जोड्न सकिने तर अहिले कार्य सुरु भएको रकमले झण्डै १ किलोमिटर मात्रै सडक थप हुने इन्जिनियर श्रीसको भनाई छ । सम्झौता अनुसार सडकको २८ हजार घनमिटर नयाँ माटो÷ढुङ्गा कटिङ गरिने र वाँकी काम स्टक्चरको हुने निर्माण कम्पनिको तर्फवाट मेख बहादुर पाइजाले जानकारी दिए । सो सडक निर्माण भए बडीगाड गाउँपालिकाको वडा नं. २, १, नेपाने, ३ शिसाखानी सहित गल्कोट नगरपालिकाको पाण्डवखानी र रिघा वासी समेत प्रत्यक्ष लाभान्वित हुने देखिन्छ।
बहुप्रतिक्षित खर्वाङ-सिसाखानी-पाण्डवखानी सडक निर्माण सुरु, पुरा नहुने होकी भन्ने स्थानियको चिन्ता !
२०७७ बैशाख १७, बुधबार २१:५४
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २२, मंगलवार १०:१४
बडिगाडका ५ स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
२०७८ असार २२, मंगलवार १०:०५