केशवराज क्षेत्री, बरेङ २०७७ वैशाख १८ । बरेङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्ण खनालको निधनप्रती बरेङ गाउँपालिका कार्यपालिकाले शोक व्यक्त गरेको छ ।
यहि वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको आफ्नै घरको आगलागीबाट घाइते भै काठमाडौको किर्तिपुर अस्पतालमा उपचार गराउदै आएका खनालको बुधबार निधन भएको हो । यस आगलागीमा परी उनका १४ वर्षिय छोराको निधन भएको थियो भने यस आगलागीमा परी उनका १४ वर्षिय छोराको निधन भएको थियो भने आगलागीमा परी गम्भीर घाईते बनेका पूर्ण खनाल तथा उनकी श्रीमतीको थप उपचारका लागी पाल्पा/काठमाडौ लगिएको थियो ।
स्थानिय तहको निर्वाचन २०७४ मा तत्कालीन एमाले पार्टीको तर्फबाट वडा अध्यक्षमा निर्वाचित बरेङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवम न्यायिक समितिका सदस्य र आर्थिक विकास समितिका संयोजक रहेका खनालको ४९ वर्षको उमेरमा भएको दु:खद निधनप्रती बरेङ गाउँकार्यपालिकाले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।
यस्तो दुखद घडिमा वडा अध्यक्ष स्व. पुर्ण खनाल र निजका छोराको निधनले गाउँपालिका शोकमग्न भएको अवस्थामा मिति २०७७ वैशाख १९ गतेका दिन गाउँपालिका र अन्तर्गतका सरकारी र गैरसरकारी निकाय बाट प्रदान गरिने सम्पुर्ण सेवा प्रवाह र अन्य सम्पुर्ण कामकाज बन्द गर्ने गरि पालिकाद्वारा सार्वजनिक बिदाको घोषण गरिएको पालिका अध्यक्ष शर्माले बताए ।
स्वर्गीय खनालले गाउँपालिका र वडाबासिका लागि विकास र सेवा प्रवाह लगायतका क्षेत्रमा राखेको दुरदृष्टी सोच तथा गरेको योगदान उच्च प्रशम्सायोग्य र अनुकरणीय नै रहेको सदासर्वदा उहाँको जीवन हामी सबैको लागि मार्गदर्शनका रुपमा रहने पालिकाले बताएको छ ।
गुल्मी शान्तिपुर बसपार्कको एक घरमा आगलागी, १४ वर्षीय बालकको मृत्यु ! (भिडियो)