Sorry, that menu does not exist.
 

अन्तराष्ट्रिय पर्वत समाजव्दारा पर्वत अस्पताललाई ३२ थान पिपिई सहयोग !

निर्मल पौडेल, पर्वत कुस्मा २०७७ बैशाख १८ । जिल्ला अस्पताल पर्वतलाई अन्तराष्ट्रिय पर्वत समाजले ३२ थान पिपिई सहयोग गरेको छ । विश्वभर फैलिरहेको नोवेल कोरोना भाईरस कोडिड १९ को नियन्त्रण र रोकथाममा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी उक्त सामाग्री सहयोग गरेको हो । समाजले उच्च स्तरको १२ थान र मध्ययम खालको २० गरी ३२ थान करिव १ लाख ५० हजार वरावरको सामाग्री विहिवार एक कार्यक्रमका विच अस्पताल लाई उपलव्ध गराईएको हो ।

उक्त स्वास्थ्य सामाग्री समाजका संरक्षक गोविन्द सुवेदी र समाजका कानुनी सल्लाहकार केशवराज पुरी लगायतको टोलीले अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीलाई हस्तान्त्रण गरेका हुन् । सहयोग हस्तान्त्रण गर्दै समाजका संरक्षक सुवेदीले विपत्तीको वेलामा गृह जिल्लामा सहयोग गर्नु प्रवासीहरुको कर्तव्य भएको वताए । कोरोना संक्रमणका उच्च जोखिममा संक्रमित संगै डाक्टररु प्नि उत्तिकै जोखिममा हुने भन्दै डाक्टरहरुको सुरक्षार्थ पिपिई उपलव्ध गराएको वताए । साथै सुवेदीले अहिले थोरै मात्रमा सहयोग गरे पनि अति जटिल अवस्था आए अन्य आवश्यक सहयोग गर्न अन्र्तराष्ट्रिय पर्वत समाज सदैव तयार रहेको भन्दै अन्य संघ संस्थाहरु लाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।
उपलव्ध सहयोग सामाग्री वुझ्दै अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडीले अन्र्तराष्ट्रिय पर्वत समाजमा आवद्ध भएर विभिन्न देशमा रहनुभएका सम्पुर्ण सदस्य तथा पदाधिकारीहरु लाई आँफु र अस्पतालको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता सहयोगहरुले स्वास्थकर्मीहरु लाई उपचारमा सहजता आउनुका डाक्टरहरुको स्वास्थ्यरक्षामा धेरै भन्दा धेरै सहयोग पुग्ने पहाडीले वताए ।

यस्तै विदेशी भुमिमा आँफै कोरोना सन्त्रासको चपेटामा परिपनी जन्मभुमीको लागि विपतको वेलामा सानो भएपनी सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री उपलव्ध गराएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिएका छन् । आपत विपतको वेलामा पर्वत वासीहरुको लागि अन्तराष्ट्रिय पर्वत समाज सदैव साथमा रहने भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने गिरीको भनाई छ ।

सहयोग हस्तान्त्रण कार्यक्रममा सांसद डाक्टर सुर्य पाठक ,कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, अस्पताल विकास समितीका अध्यक्ष गोविन्द गिरी पहाडी, अस्पतालका डाक्टर अनिल भट्टराई समाजका संरक्षक गोविन्द सुवेदी,कानुनी सल्लाहकार केशवराज पुरी,पर्वत उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा,शिवालय माध्यमिक विध्यालय व्यवस्थापन समितीका अध्यक्ष इश्वर गिरी लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !