Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाव्दारा नगरपालिकाका ९ वटै वडाका २१ सय घरधुरीलाई रु. ४० लाखको खाद्यान्न वितरण

छविलाल पाण्डे बुर्तिवाङ २०७७ बैशाख १८ । ढोरपाटन नगरपालिकाले लकडाउनका कारण प्रभावित वनेका २१ सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण आफनो दैनिक ज्याला मजदुरी गर्न नपाएका आफुले बारीमा उत्पादन गरेर बर्षभरी खान नपुग्ने अवस्थामा रहेका परिवारलाई ४० लाख मुल्य बराबरको खाध्यन्न वितरण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेलले बताए ।

सामुदायिक रेडियो ढोरपाटनले सञ्चालन गरेको ढोरपाटन बहसमा बोल्दै उनले गण्डकी प्रदेशमार्फत प्राप्त १० लाख र ढोरपाटन नगरपालिकाको ३० लाख गरी ४० लाख बजेटले ९ वटै वडाका नागरिकलाई खाद्यान्न वितरण गरिएको हो ।

प्रति परिवारलाई २५ केजी चामल, २ लिटर तेल, २ केजी नुन, २ केजी दाल गरी २१ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको पोख्रेलको भनाई छ ।

जस अन्र्तगत वडा नं.१ म ३५० घरधुरी, वडा नं.२ मा २३०, वडा नं.३ मा २००, वडा न..४ मा २३०, वडा नं.५ मा २३०, वडा नं.६ मा २५०, वडा नं.७ मा १८०, वडा नं.८ मा २५० र वडा नं.९ मा २८० गरी उक्त सँख्यामा खाध्यान्ह वितरण गरीएको जनाइएको छ । लकडाउन लम्बिँदै गरेको अवस्थामा जनतालाई समस्या नहोस भन्नका निम्ती रु २० लाखको आकष्मिक कोष स्थापना गर्ने र फुड बैँक समेत स्थापना गर्ने तयारी भइरहेको अधिकृत पोख्रेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

12 Comments