Sorry, that menu does not exist.
 

महेन्द्र नमुना माध्यमिक बिद्यालयले शैक्षिक शत्र २०७६ को वार्षिक परिक्षाफल प्रकाशन !

मनु सुनार, गुल्मी २०७७ बैशाख १९ । महेन्द्र नमुना माध्यमिक बिद्यालय रेसुङ्गा नगरपालिका चिदिचौर तम्घास गुल्मीले शैक्षिक शत्र २०७६ को वार्षिक परिक्षाफल प्रकाशन गरेको छ। प्रदेश पाँचकै उत्कृष्ट बिद्यालयको रुपमा स्थापित त्यस विद्यालयले बिद्यार्थीहरुको शुक्रबार वार्षिक परिक्षाफल प्रकाशन गरेको बिद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिए ।

कक्षा आठको नगरस्तरीय परिक्षा बाहेक कक्षा प्ले गु्ररुप देखि कक्षा ९ सम्मको शैक्षिक शत्र २०७६ को वार्षिक परिक्षाफल प्रकाशन गरिएको प्रधानाध्यापक ज्ञवालीले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखीमलाई मध्यनजर गरी विद्यार्थीहरुलाई आफ्नो नतिजा हेर्न सरलहोस् भन्ने उद्देश्यले विद्यालयको वेवसाइट मार्फत परिक्षाफल प्रकाशन गरिएको प्रधानाध्यापक ज्ञवालीले जानकारी दिए ।

बिद्यार्थीहरुले आफ्नो नतिजा थाहा पाउन बिद्यालयको वेवसाइटwww.mahendramavischool.edu.np मा लग–इन गरेर हेर्न सकिने व्यवस्था मिलाईएको पनि उनले जानकारी दिए ।

यस्तै बिद्यालयले सुचना पाटीमा पनि नतिजा टाँस गरेको छ । भने सम्बन्धित कक्षा शिक्षकहरुलाई सम्पर्क गरेर समेत बिद्यार्थीहरुले नतिजा थाहा पाउन सक्ने प्रधानाध्यापक ज्ञवालीले उल्लेख गरे ।

त्यस अवशरमा प्रधानाध्यापक ज्ञवालीले लक डाउनको समयमा बिद्यार्थीहरुलाई घरमा बस्दा आफू स्वस्थ भएर रचनात्मक तथा सिर्जनात्मक कार्यमा लाग्न पनि सुझाव दिए । उत्र्तिmण बिद्यार्थीहरुलाई शुभकामना दिँदै समय–समयमा पाठ्यपुस्तक हेर्न, अध्ययन गर्न समेत आग्रह गरे ।

केही दिन अघि देखि त्यस बिद्यालयले कक्षा दशको एस.ई.ई परिक्षा दिने बिद्यार्थीहरुलाई लक्ष्यित गर्दै अनलाईन पद्धतिद्धारा पठन–पाठन शुरु गरेको छ ।

साथै अन्य कक्षाका बिद्यार्थीहरुलाई पनि कसरी यस पद्धतिद्धारा पठनपाठन गराउन सकिन्छ भन्ने बिषयमा पनि छलफल भईरहेको प्रअ ज्ञवालीले जानकारी दिए । भर्ना कार्यक्रम रेसुङ्गा नगरपालिकासँगको समन्व्यमा अगाडि बढाइने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !