Sorry, that menu does not exist.
 

रेसुङ्गाको विपत कोषमा मदर्शा बिद्यालयले आर्थिक सहयोग !

मनु सुनार, गुल्मी २०७७ बैशाख २० । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यजनरगर्दै गुल्मीको रेसुङ्गा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग प्राप्त भएको छ।

बिपत व्यवस्थापन कोषमा सदरमुकाम तम्घासमा रहेको मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक अध्ययन हुने मदर्शा प्राथमिक बिद्यालयले रु १५ हजार सहयोग गरेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जानकारी दिए । विपतको यस समयमा मदर्शा बिद्यालयले गरेको सहयोग प्रति मेयर भुसालले धन्यावाद् समेत दिए ।

उक्त सहयोग मदर्शा प्राथमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महम्द सागिर मिया, बिद्यालयका प्रधानाध्यापक अनिश अलि मिया, सदस्यहरु जमाल मिया, असरफ मिया, जोहरमान् मिया, अब्दुल मिया लगायतले रेसुङ्गा नगरपालिकाका मेयर भुसाललाई सहयोग प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !