Sorry, that menu does not exist.
 

बडीगाड गाउँपालिकाका पसलहरुमा छापा : अखाद्य वस्तु बिक्रीवितरण गर्ने व्यापारीलाई कार्वाहीको माग !

कमल पौडेल, ग्वालिचौर २०७७ बैशाख २१ । बागलुङ जिल्लाको सदरमुकाम जहाँ प्रशासन, प्रहरी लगायत अन्य सरकारी निकायहरु छन, जहाँ साना ठुला राजनेताहरुको जमघट रहन्छ त्यहाँका उपभोक्ताहरु म्याद गुज्रिएको, दुर्गन्धित, निम्नकोटीका अस्वस्थकर अखाद्य बस्तु (जंकफुड) एवं दुषित पेय पदार्थ प्रयोग गर्न बाध्य छन भने सदरमुकाम बाहिरका हाटबजार, दुरदराजका गाउँहरुका उपभोक्ताहरुको स्थिति कस्तो होला ? भन्ने एक उदाहरण बडीगाड गाउपालिकामा देखिएको छ ।

बडिगाड गाउँपालिकाले गत शुक्रवार र शनिवार गाउपालिकाका विभिन्न वडाहरुमा रहेका पसलहरुको अनुगमन गर्दा त्यस्तो पसल एउटा पनि भेटिएन जस्मा अखाद्यबस्तु विक्रीमा राखिएको नहोस् । गत शुक्रवार गाउँपालिकाले वडा नं. २ का पसलहरुमा अनुगमन गरि ३० हजार वढीका म्याद सकिएका खाद्य वस्तुहरु नष्ट गरेको थियो भने हिँजो शनिवार वडा नं. ५, ग्वालीचौर, वडा नं. ६ खाल र वडा नं. ७ भिमगिठे, दोबाटा क्षेत्रमा रहेका सवै खाद्य पसलहरुको ३ समुहमा एकै साथ गरेको अनुगमनमा रु ६० हजार वढीको म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरी जलाएको गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिए। गाउँपालिका भित्रका पसलहरुमा म्याद सकिएका खाद्यवस्तु समेत विक्रिवितरण भएको भन्ने सुचना पाएसंगै गाउँपालिकाले प्रहरीको सहयोगमा पसलहरुमा छापा मारेको हो।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदी, सुचना अधिकारी थम्मन रेश्मी, लेखा अधिकृत डिल्लीराज शर्मा, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव, इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवार सहित भिमगिठे र खारको प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार सहितको टोलीले सवै पसलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, जिरा, चिया, पेय पदार्थ लगाएतका खाद्य सामाग्रि म्याद सकिएको भेटिएको थियो। अनुगमनका क्रममा सवै पसलमा कुनै न कुनै अखाद्य बस्तु भेटिएको अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसले जानकारी दिए। गाउँपालिकाले सवै व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कार्वाहि गर्ने चेतावनी समेत दिएको छ।

अनुगमनमा अखाद्य वस्तु भेटिएको र गाउँपालिका भित्रका सवै बजार पसलहरुमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

पसलहरु अनुगमन गर्ने म्याद सकिएका अखाद्य सामाग्रीहरु फेला परे नष्ट गर्ने तर व्यापारीलाई कुनै कानूनी काबाही नगरिने हुँदा अनुगमनको कुनै औचित्य नरहेको उपभोक्ताहरुले बताएका छन् । उपभोक्ताहरुको हित विपरीत म्याद सकिएका सड्गलेका अखाद्यबस्तु बिक्रीवितरण गर्ने व्यापारीहरुलाई कानू कार्बा नगरे सम्म अनुगमन प्रभावकारी नहुने उनिहरुको तर्क छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !