कमल पौडेल, गल्कोट २०७७ बैशाख २१ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। शनिवार धारामन्दिर, वडा कार्यालय, सानो रिघा र फेंदिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको र आइतवार साविक रिघा गाविसको वडा नं. ७, ८, ३ र ६ मा वितरण गरिने वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिए ।
वडाका कर्मचारी, जनप्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। शनिवार, वृद्ध, एकलमहिला, अपांगता भएका र दलित पोषण अन्तरगत २ सय ९६ जनालाई २६ लाख वढि रकम वितरण गरिएको वडा अध्यक्ष श्रीसले बताए ।