बुर्तिवाङ २०७७ बैशाख २१ । निसीखोला गाउँपालिका २ स्थित अर्नाकोट देउराली अर्नाकोट कृषि सहकारी संस्था र अर्नाकोट विद्यालयको सहकार्यमा कर्मफ्लाईट्स फाउन्डेशन नेपाल पोखराको आर्थिक सहयोगमा बाख्रा विवरण कार्यक्रम सञ्चालन गरिएको थियो ।
संस्थाले जिविकोपार्जन तथा सशतिmकरणको लागि बाख्रापालन कार्यक्रमको लागि रु १,३६,००० अक्षरुपी एक लाख छत्तिस हजार उपलब्ध गराई कार्यक्रम सञ्चालन गरिएको थियो । अर्नाकोट कृषि सहकारी र अर्नाकोट आधारभुत विद्यालयका व्यवस्थापन समिति निर्णयको साथ
कर्मफ्लाईटस्बोर्ड बैठकको निर्णय अनुसार अर्नाकोट आधारभुत विद्यालयबाट छनोट भई सिफारिस भएका अभिभावकलाई बाख्रा वितरण गरिएको हो । साथै बाख्रा वितरण गर्दा छनोट भएका उपभोक्ताहरुलाई अर्नाकोट सहकारीले सहायता गर्ने कुरा निश्चित गरि यो कार्यक्रमलाई अगाडि बढाइएको हो ।
यस कार्यक्रममा बाख्रा खरिद गर्दा सवै बाख्राहरु निरोगी तथा वयस्क हुनुपर्ने लगायत उपभोतmाले बाख्रा पाए बापत २ वर्ष पछि निर्व्याज रकम फिर्ता गर्नेपर्ने र त्यसलाई कार्यक्रममा लगाउने कर्मफ्लाईटस्सं स्थाले फोटो सहित सवै कागजपत्रहरु सहित विद्यालय क्षेत्रका अति आर्थिक अवस्था कमजोर भएका अभिभावकहरुलाई राहत मिल्ने गरि कार्यmम गरिएको छ ।
यस कार्यक्रममा नेदरल्याण्डका आर्जन डि गोर्थले अति कमजोर अभिभावकहरुलाई बाख्रा वितरण गरि सहयोग गर्नुभएको छ । जसले काम गर्न नसक्ने तथा आर्थिक अवस्था कमजोर उपभोतmा भएको कारण बाख्रापालन गर्दा उनीहरुको दैनिकी चल्ने जिविकोपार्जन मा टेवा पु¥याउदै आएको छ । यस कार्यक्रममा यस वर्ष संस्थाले १७ वटा बाख्रा वितरण गरेको छ । बाख्रा वितरण गर्दा हरेक एकल महिला तथा आर्थिक अवस्था कमजोर भएको अभिभावकलाई टेवा पगेको छ । अबको २ वर्ष पश्चात कार्यक्रम पुन नविकरण हुने सहकारीका अध्यक्ष चेत ब। कुँवरले बताए ।