बागलुङ २०७७ बैशाख २१ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछी लकडाउनको कडाईका साथ कार्यान्वयनका लागी सरकारले जारी गरेको निर्देशनको पूर्णपालना भए नभएको बारे संज्ञान लिनका लागी प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु स्वयंले बागलुङ सदरमुकाम निरीक्षण गरेका छन् । कार्यालय समय पछी ५ बजे देखी ७ बजे सम्म प्रजिअ सैजु, जिल्ला प्रहरी कार्यालय बागलुङका नि प्रहरी उपरीक्षक हेम केसी, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त सहितको टोलीले बजार निरीक्षण गरेको हो ।
केहि दिन यता बजारमा साना ठुला सवारी साधनहरु बढी सन्चालनमा आएका, सडकमा मानिसहरुको संख्यामा बृद्धि, सामाजिक दुरीको बेवास्ता लगायतका घटनाहरु बढदै गएको टीका टिप्पणी भएपछी प्रजिअ सैजु स्वयं बजार अनुगमनमा निस्किएर मानिसहरुमा लकडाउनको पालनाका लागी माईकिङ गरी अनुरोध गरेका थिए ।
सो अवसरमा सडकमा भेटिएका १६७ जना मानिसहरुलाई नियन्त्रणमा लिएर उनिहरुलाई सचेतना सहित छोडिएको प्रशासकीय अधिकृत पन्तले जानकारी दिए । निरीक्षणका क्रममा मोटर साइकल, स्कुटी ४३, चारपांग्रे सवारी कार/जीप ५ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाईएको छ । बजार अनुगमनमा सशस्त्र प्रहरी बलकोे पनि सहभागिता रहेको थियो ।
यसैवीच गुल्मीसंग जोडिएको बागलुङ जिल्लाको बरेङ गाउपालिका र रुकुम पूर्वसंग जोडिएको निसीखोला गाउपालिकको पातीहाल्नेमा गस्तीका लागी सशस्त्र प्रहरी बलको टोलीलाई पठाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
यो लिंकपनि पढौँ
आजको तस्वीर:अस्पतालमा सामाजिक दुरीको बारम्बार उपहास !
धौलागिरी अस्पताल जस्तो संवेदनशील स्थानमा मानिसको भीडभाड र सामाजिक दुरीको बेवास्ता गर्दै चिकित्सक र जनप्रतिनिधी सहित तस्वीर खिचाउन तँछाड मछाड गरेको दृश्य भाईरल बनेको थियो ।
४८ सवारी साधन र १६७ जना पैदल यात्रु नियन्त्रणमा ! लकडाउनको पालना भए नभएको बुझ्न प्रजिअ सैजुव्दारा बागलुङ बजार अनुगमन !
२०७७ बैशाख २१, आईतवार २०:२३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०