साहारा दिन्छु भेन्नेले नै तारा देखाउछन
बल्छीमा फसाउनेले नै चारा देखाउछन्
यो पापी पेट स्वार्थ बिना कस्ले भरिदिन्छ
आफ्नो स्वार्थ पुरा गर्न आहारा देखाउछन !
*
न त मैले तिमी सँग मनका कुरा बिसाउन नै सके
न त तिम्रो हाँसोमा मेरो खुशी मिसाउन नै सके
तिम्रो शब्दको प्रहारले मन नबिझाएको कहाँ हो र
न त तिमी जस्तै बिना कारण रिसाउन नै सके !
**
आजभोली तिमी मलाई खै किन खास लाग्छ
म धर्तिमा छु अनि तिमी आकाश लाग्छ
न आकाशलाई छुन सक्छु न त रुन सक्छु
मायाँ प्रेमका यी सब कुरा बकवास लाग्छ !
***
जस्तो कपडा लाएपनी सुहाउदैन भन्छे
चैत महिना लागिसक्यो नुहाउदैन भन्छे
जती गाली गरेपनी मायाँ त गर्छे मोरीले
मेरो कालेलाई कहिले रुवाउदैन भन्छे !
****
जो मान्छे साँचो बोल्छ, उ बहुला हुन्छ यहाँ
जसले मनको कुरा खोल्छ, उ बहुला हुन्छ यहाँ
गर्न नहुने केहि गरेकै छैन, बोल्न नहुने बोलेकै छैन
तितो सत्य कुरा ओकल्दा, उ बहुला हुन्छ यहाँ !
झलक काउचा,
बागलुङ
हाल- दक्षिण कोरिया ।
२०७७ बेशाख २२ ।
*****