Sorry, that menu does not exist.
 

नेपाल लाइफ इन्सोरेन्सको स्थापना दिवशमा मानवसेवा आश्रमलाई सहयोग !

बागलुङ, २०७७ बैशाख २२ । नेपाल लाइफ इन्सोरेन्स कंपनीको २०औं बार्षिकोत्सवको अबसरमा संस्थाको बागलुङ शाखाले मानवसेवा आश्रममा २० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ ।

कंपनीको २० औं बर्ष सँगै कंपनीकै स्वतन्त्र कर्मचारी युनियनको १० औं स्थापना दिवश समेत पारेर आश्रममा सामान बितरण गरिएको कंपनीका बागलुङ शाखा प्रबन्धक महेन्द्र गुरुङले बताए । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको अबस्था भएकोले अन्य कार्यक्रम गर्न नसकिएको भन्दै कार्यक्रम खर्चबाट आश्रममा अत्यावस्यक पर्ने सामाग्री दिइएको हो ।

कंपनीको तर्फबाट गुरुङ, सिनियर एजेन्सी म्यानेजर युक्तजंग राजभण्डारी र इन्दिरा भुषाल लगायतले सामाग्री आश्रमकी संचालिका सुमिरा लामालाई हस्तान्तरण गरेका थिए । आश्रमका लागि ९६ थान फिनेल, ४८ थान सेनीटरी प्याड, ४८ थान बेबी डाइपर्ट, २० थान अम्रिसो कुचा, २० थान सिन्के झाडु र १ थान फोहोर मलाई बकेट समेत दिइएको हो ।

उक्त अबसरमा लामाले आश्रमकालागि अत्यावश्यक सामाग्री दिएकोमा कंपनीलाई धन्यवाद दिइन् । पेशागत अभिकर्ता संघका सल्लाहकार दिपक सापकोटाको संचालन, युक्तजंग राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा शाखा प्रबन्धक गुरुङले बीमाको आबश्यकता र लकडाउनमा समस्यामा परेको संस्थालाई सहयोग गरिएको कार्यक्रम बारे जानकारी गराएको कंपनीकी बिमला कंडेलले जानकारी दिइन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !