Sorry, that menu does not exist.
 

लकडाउनको उल्लंघन गर्ने २७६ जना र ६२ वटा सवारी साधन प्रहरी कारबाहीमा !

बागलुङ २०७७ बैशाख २२ । लकडाउन जारी रहेको अवस्थामा आज बागलुङ बजारका सडकहरुमा मानिसहरुको बाख्लो उपस्थिति र दुईपाँग्रे सवारी साधनहरुको व्यापक दुरुपयोग गरिएको दृश्यले नगरबासीलाई आश्चर्य चकित तुल्यायो । हिँजो साँझ मात्रै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु छड्के बजार अनुगमनमा निस्केर ४३ मोटर साईकल स्कुटी र ५ जीप गरी ४८ सवारी साधनहरु र १६७ जना पैदल यात्रुहरुलाई नियन्त्रणमा लिएर कोरोना भाईरस सम्वन्धी सचेतना दिएर छोडिएको थियो । हिँजोको तुफानी अनुगमनले लकडाउनको उल्लंघन नहुने विश्वास गरिएको अवस्थामा आज पनि बागलुङ बजारमा लकडाउन उल्लंघनका कृयाकलापहरु भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले आज बागलुङ बजारबाट २६१ पुरुष र १५ जना महिला गरी २७६ जनालाई नियन्त्रणमा लिएर उनिहरुलाई कोरोना सम्वन्धी सचेतना दिएर छोडेको छ भने बजारमा गुडीरहेका ६२ वटा मोटर साईकल र स्कूटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments