Sorry, that menu does not exist.
 

नगरप्रमुख नेपाली र धर्मपत्नी छेलाव्दारा तमानखोलाका २३१ विपन्न परिवारका निम्ती खाद्यान्न सहयोग !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख २२ । ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले आफनो व्यक्तिगत तर्फदेखि तमानखोला गाउँपालिकामा रहेका गरीव विपन्न परिवारका निम्ती खाद्यान्न सहयोग गरेका छन् ।

सोमबार तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई खाद्यान्न हस्तान्तरण गरीएको नगरप्रमुख नेपालीले बताए । आफु र आफनो धर्मपत्नी छेला नेपालीको तर्फबाट गाउँपालिका अन्तर्गत सबै वडाका २३१ घरपरिवारका निम्ती वितरण गर्ने गरी तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई जिम्मा दिएको नगरप्रमुख नेपालीले बताए ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा रहेका गरीव, विपन्न जनताका निम्ती हातमुख जोर्न समस्या भइरहेको र यस्तो अवस्थामा थोरै भएपनी राहत होस भन्ने उदेश्यले आफुले राहत उपलब्ध गराएको नेपालीले बताए ।
तमानखोला गाउपालिकाका वडा नं.१ का ७०, २ का ३४, ३ का २३, वडा नं.४ का २५, वडा नं.५ का ४५ र वडा नं.६ का २६ र अन्य बाँकी ८ परिवार गरी २ सय ३२ घरपरिवारका निम्ती खाद्यान्न दिईएको हो ।

खाद्यान्नमा २ सय ३१ बोरा स्टिम चामल, २ सय ३० लिटर खाने तेल, २ सय ३० केजी दाल, २ सय ३० केजी नुन, ४ सय ६० केजी नुहाउने सावुन गाउँपालिका कार्यालयलाई हस्तान्त्रण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

12 Comments