छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख २३ । नेपाली काँग्रेसका नेता व्दय जित शेरचन र अर्जुन शेरचन सहितको टोलीव्दारा क्षेत्र नं.२ प्रदेश (ख) अन्तर्गतका ३ वटै पालिकाहरुमा रहेका गरीव, विपन्न, अशक्त १ सय २ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । आइतबार र सोमबार गरी ढोरपाटन नगरपालिका वडा नं.६ मा ४८ घरपरिवार, वडा नं.५ मा ३४ परिवार, वडा नं.३ घोसामा २७ परिवार र सामा गाउँमा १२ घरपरिवारका निम्ती खाद्यान्न वितरण गरिएको नविन शेरचनले बताए ।
कोरोना भाइरस(कोभिड १९ ) का कारण दैनिक ज्याला मजदुरी गर्दे आएका र अति गरीवीको रेखामुनी रहेका परिवारका निम्ती खाद्यान्न वितरण गरिएको हो । यस राहत वितरण अभियानमा नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापती नरबहादुर गुरुङ, जिल्ला सदस्य मेशलाल शर्मा, नेपाल महिला सँघ क्षेत्रिय सभापती लिलमाया पुन, दिलमाया पौवी भिमु क्षेत्री, सरन पाण्डे लगाएतको सहभागिता रहेको थियो भने राहत सामाग्रीमा चामल, तेल, नुन वितरण थियो ।
त्यसैगरी नेता जित शेरचनव्दारा ढोरपाटन नगरपालिका वडा नं.६ का एक वालकलाई कक्षा १२ सम्म अध्ययन गर्नका निम्ती सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता जनाएका छन् ।
आमा अर्कसँगै विवाह गरेको र बाबाले समेत अर्की आमा ल्याएपछि लालन पालन, शिक्षा दिक्षामा बालकलाई समस्या देखिपछि नेता शेरचनले आफुले पूर्ण सहयोग गर्ने गरी एक ४ बर्षिय बालक विश्वास विकको जिम्मा लिएको शेरचनले बताए । बालकको अध्ययन सँगै खान बस्नको समेत प्रवन्ध आफुले मिलाउने शेरचनको भनाई छ ।