शव्द/चित्र : कुसुम थिङ/दीपा पाण्डे
बागलुङ २०७७ बैशाख २३ । हिँजो अस्ति भन्दा आज बागलुङ बजारमा भीडभाड केहि कम छ । सडकमा सवारी साधनहरु कम चलेका छन् । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछी लकडाउनलाई कसरी पालना गराउने भन्ने सर्वत्र चिन्ता देखिएको छ । लकडाउनको सफलता सामाजिक दुरीको पालनामा निर्भर रहेको छ । हरतप्काका नागरिकहरुले सामाजिक दुरीको पालना अनिवार्यरुपमा गर्नु पर्ने हुन्छ ।
बागलुङ बजारमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वको टोलीले बैशाख २१ गतेबजार अनुगमन गरेको छ । अनुगमनका क्रममा जथाभावी सडकमा निस्किएका १६५ जना नागरिकहरुलाई कोरोना भाईरसका बारेमा सचेचना दिँदै छोडिएको थियो भने सडकमा विना अनुमती गुडीरहेका ५ जीप लगायत ४८ साना मोटरसााईकल स्कूटी आदि सवारी साधनहरुलाई प्रहरीले कार्बाही गरेको थियो ।
यसैगरी बैशाख २२ गते बजारमा जथाभावी निस्किएका २७६ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई पठाईएको थियो भने बिनानुमती सडकमा गुडी रहेका ६२ मोटरसाईकल स्कूट नियन्त्रणमा लिएर प्रहरी कार्बाही गरेको थियो । तर हिँजो र अस्तिको तुलनामा सडकमा मानिसहरु आज कम देखिए भने सवारी साधनहरुपनि कम नै थिए ।
यसैवीच जिल्ला प्रशासन कार्यालयले सवारी पास दिन कडाई गरेपछी स्थिति सुध्रिने अनुमान गरिएका छ ।