Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिका – १० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण !

सुरेश छन्त्याल, गल्कोट २०७७ बैशाख २३ । गल्कोट नगरपालिकाको कार्यलय र गल्कोट नगरपालिका वडा नं १० पाण्डबखानीको समन्वयमा आज प्रभु बैंक लिमिटेड गल्कोट शाखाले पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण सामाजिक भत्ता वितरण कार्य रोकिएको थियो । लकडाउनको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज गल्कोट नगरपालिका वडा नम्वर १० पाण्डण्डबखानी वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको प्रभु बैक लिमिटेड गल्कोटले जनाएको छ ।

हिजो रमुवा क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको प्रभु बैंकले जनाएको छ, । त्यस्तै आज बैंकले वडा नम्बर १० वडा कार्यालयमा भत्ता वितरण गरिएको हो।

बैंकले वडा भित्रमा रहेका दलित बालबालिका ४० जनालाई रु ६१२००, पुर्ण अपांगता ८ जनालाई रु ९६०००,जेष्ठ नागरिक, दलित ४६ जनालाई रु ४,५२०००,जेष्ठ नागरिक अन्य १३५ जनालाई रु १६२००००, पुर्ण अशक्त १२ जना ७६८००, एकल महिला ३ जना २८०००,विधुवा ६९ जनालाई ६३२०० गरि जम्मा २९,६६००० भत्ता वितरण गरीएको छ । लकडाउनको समयमा पनि भत्ता पाउदा जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए ।

लकडाउनको समयमा बैकमार्फत बैकमै भत्ता वितरण गर्दा भिडभाड हुने भएकोले घरघरमै भत्ता वितरण सुरु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिए ।

प्रभु बैंकका कृष्ण हरि भण्डारी, शिशिर बम मल्ल, दुर्गा बहादुर थापा मगर, दल बहादुर घर्ती मगर, सुनिल चालिसे, खिम बहादुर मल्म, सुर्य बहादुर मल्म, संविधान सभाका सदस्य निरज पुन, वडा अध्यक्ष तिलक घर्ती सहित वडा जनप्रतिनिधि, पत्रकार सुरेश छन्त्याल वडा सचिव ठाकुर तिमिल्सिना लगाएतको सहभागीतामा भत्ता वितरण गरिएको हो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !