Sorry, that menu does not exist.
 

स्थानीय तहका स्वास्थ्य संस्थालाई उपलव्ध गराउने गरी सामग्री हस्तान्तरण !

बागलुङ २०७७ बैशाख २४ । फेयरमेड नेपालमार्फत जिल्लाका ६ स्थानीय तहमा ग्रामिण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरिरहेको बिवाईसीले सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई उपलव्ध गराउने गरी सामग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालयमार्फत परियोजना सञ्चालनमा रहेका गाउँ तथा नगरपालिकाका स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष तोयानाथ गौतमले बताए ।

जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला, बडिगाड र बरेङ गाउँपालिकामा परियोजना सञ्चालनमा रहेको छ । फेरमेडको सहयोगमा क्लबले ६० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) २० थान ग्वोस्, १०० थान एन–९५ मास्क, ५०० थान सेनिटाईजर, १५ थान ज्वरो नाप्ने थर्मल गन, सर्जिकल मास्क १ हजार थान लगायत ४ लाख ५५ हजार ९ सय ७१ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

फेयरमेडका प्रतिनिधि तथा क्लबका उपाध्यक्ष सम्मिलित टोलीले स्वास्थ्य कार्यालय पुगेर जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौलाई सामग्री हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !