बुर्तिवाङ २०७७ बैशाख २४ । कर्मफलाईट्स फाउन्डेशन पोखराव्दारा अर्नाकोट आधारभुत विद्यालयको सेवा क्षेत्र अन्तर्गत पर्ने ८० घरपरिवारलाई खाध्यान्न वितरण गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) का कारण समस्यामा परेका गरीव, असहाय, अपाँगता भएका व्यक्तिका निम्ती चामल, नुन, दाल, तेल हस्तान्त्रण गरिएको जनाइएको छ ।
निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विश्वकर्माको उपस्थितीमा ३० केजी चामल, १ केजी नुन, एक केजी दाल र एक प्याकेट खाने तेल हस्तान्त्रण गरीएको कर्मफलाईट्स फाउन्डेशन पोखराका कार्यकारी निर्दशक प्रेमबहादुर कुवँरले ईबागलुङलाई बताए ।
निसीखोला आइ सी टी कम्प्युटर ल्याव कार्यक्रम २०७६
यस वर्षको सुचना प्रविधि शिक्षा कार्यक्रम अन्तर्गत जनता माध्यामिक विद्यालय राजकुत कर्मफलाईट्स फाउन्डेशन नेपाल कास्की तथा एडु टेक नेपाल काठमाण्डौको
साझेदारीमा यस एक सुविधा सम्पन्न कम्प्युटर ल्याव कार्यक्रम सञ्चालन गरिएको छ । यस विद्यालयमा कम्प्युटर ल्याव नभएको कारणले विद्यालयका विद्यार्थीहरुलाई
कम्पयुटर सम्बन्धि शिक्षा दिन विद्यार्थीहरुलाई अलि गाह्रो भएको हुँदा विद्यालयले माग गरेअनुसार संस्थाले कम्प्युटर ल्याव सञ्चालन ल्याएको हो ।
एडु टेक संस्थाको प्राविधिक सहयोगमा ल्याव स्थापना पश्चात स्कूलमा साक्षरता तालिम सहित कम्प्युटर ल्यावको हस्तान्तरण गरिएको थियो । कर्मफ्लाईटस् फाउन्डेशन नेपालले हरेक विद्यार्थीहरुलाई कार्यक्रमको बारेमा जानकारी गराई सहयोग गरेको छ ।
जनता माध्यामिक विद्यालयको पूर्वाधारका निर्माण गर्ने र गरेको फर्निचरको लागि रु ४ लाख खर्च शिक्षक तथा अन्य विद्यार्थीका लागि जानकारी मुलुक कार्यक्रम गरि सहयोग प्रदान गरेको छ । यस विद्यालयमा जम्मा २० वटा कम्प्युटर, इन्भटर, २ वटा ब्याटी«, व्याकअफ, र एक प्रोजेक्टर पनि प्रदान गरिएको थियो । स्कूलमा कम्प्युटर ल्यावको कारण विद्यालयका विद्यार्थीहरुलाई सजिलै सँग कम्प्युटर सम्बन्धि जानकारी भई उनीहरुले ज्ञान तथा प्रविधि का लागि मौका मिल्ने देखि लिएर अन्य पढाईको लागि पनि सजिलो हुने गरि कर्मफ्लाईटस् फाउन्डेशन नेपाल कास्की तथा एडु टेक नेपालको को सहयोगमा श्री जनता माध्यामिक विद्यालयमा रु १२ लाख बरावरको कम्प्युटर ल्याव कार्यक्रम गरि सहयोग गरिएको छ ।
एक विद्यालय एक पुस्तकालय कार्यक्रम २०२०
यसैगरि एक विद्यालय एक पुस्तकालय कार्यक्रम अन्तर्गत कर्मफलाईट्स फाउन्डेशन नेपाल कास्कीले Beauty For Adhes / Tashi Factory / Education For life Norway को आर्थिक सहयोगमा यस वर्ष निसीखोला गाँउपालिका र ढोरपाटन नगरपालिका १ गरि जम्मा ८ वटा स्कूलहरुमा फर्निचर सहित पुस्तकालय कार्यक्रम सम्पन्न गरेको बताएको छ ।
यस संस्थाले हरेक स्कूलहरुमा विद्यालयलाई पुग्ने गरी विभिन्न विद्याका बालसाहित्यका किताबहरु विद्यालयमा पुगी वितरण गरेको थियो । जसमध्येमा निम्न स्कूलहरुमा संस्थाले कार्यक्रम गरेको छ ।
निसीखोला अन्तर्गत श्री पञ्चासे देउराली आधारभुत विद्यालय राजकुत निसीखोला ७ स्कूलका समुदाय तथा अन्य जनताहरुको सहभागितामा कार्यक्रम गरियो जँहा कर्मफ्लाईस संस्थाले रु ७५०००।– बराबरको किताव तथा रु २५०००।– बराबरको फर्निचर गरि रु १,००,०००।– यस विद्यालयमा बुक कर्नरको अवधारणमा कार्यक्रम सम्पन्न भएको छ । श्री जनकल्याण आधारभुत विद्यालयमा पनि एक विद्यालय एक पुस्ताकालय कार्यक्रमले रु ७५०००।– बराबरको किताव तथा रु २५०००।– बराबरको फर्निचर गरि रु १,००,०००।– बरावरको पुस्तकहरु हस्तारणतरण, श्री पशुपति आधारभुत विद्यालय धाराखर्कमा पनि रु ७५०००।– बराबरको किताव तथा रु २५०००।– बराबरको फर्निचर गरि रु १,००,०००।– बरावरको पुस्तकालय वितरण, श्री जनचेतना आधारभुत विद्यालयमा रु ६०,०००।– बरावरको किताव तथा रु २५,०००।– बरावरको फर्निचर गरि जम्मा रु ८५,०००।– बरावरको पुस्तक वितरण , श्री तिलाचन आधारभुत विद्यालय निसीखोला ६ मा रु ७५०००।– बराबरको किताव तथा रु २५०००।– बराबरको फर्निचर गरि रु १,००,०००।– बरावरको पुस्तक वितरण, श्री विद्या विकास आधारभुत विद्यालय ढोरपाटन गाउँपालिका ६ गादीखोलामा रु ७५०००।– बराबरको किताव तथा रु २५०००।– बराबरको फर्निचर गरि रु १,००,०००।– बरावरको पुस्तक वितरण , श्री जनज्योती आधारभुत विद्यालयमा रु ६०,०००।– किताव तथा रु २५,०००।– बरावरको फर्निचर गरि जम्मा रु ८५,०००।– बरावरको पुस्तक हस्तान्तरण गरिएको छ । स्कूलका विद्यार्थीहरुलाई अझै पढाईप्रति आकर्षित भई विद्यालयमा विद्यार्थीहरुलाई निरन्तर गराउने उदेश्यका साथ यस संस्थाले कार्यक्रममा गाँउपालिकामा सहयोग गरेको जनाएको छ । Beauty For Adhes And Tashi Factory यस परियोजनामा कर्मफ्लाईटस्संस्थाले तथा एजुकेशन फु लाइफ कार्यक्रममा विद्यालयसँग संम्वन्धित विद्यालयहरुमा पुगी गत फाल्गुनको अन्तिम हप्तामा सो कार्यक्रमसँग सहकार्य गरेका छन् । यस कार्यक्रमले विद्यार्थीहरुको पढाई क्षमता सहित अझै पढाई प्रतिको आवश्यकता पुरा हुनेछ । भन्ने पूर्ण आशाका साथमा संस्थाले एक विद्यालय एक
पुस्तकालय कार्यक्रम गरेको छ ।
हाल सम्म संस्थाले सहयोगी संस्थाको सहकार्यमा निसीखोला र ढोरपाटनमा गरि २० वटा विद्यालयहरुमा पुस्तकालय कार्यक्रम सम्पन्न गरेको जनाईएको छ ।