Sorry, that menu does not exist.
 

नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपालीव्दारा राहत वितरण !
संकटको घडीमा विपन्नवर्गमा भोकमरीको समस्या नआओस भनेर सहयोग अभियान सन्चालन गरेको हुँ – नेपाली

सुमन सुनार, बुर्तिबाङ २०७७ बैशाख २४ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली र उहाँकी धर्मपत्नी छेला नेपालीले बुधवार थप २२ घरपरिवारलाई आफ्नै व्यक्तिगत खर्चमा राहत सामाग्री उपलव्ध गराएका छन् । जारी लकडाउनको प्रत्यक्ष प्रभावमा परेका श्रमिक, गरिव तथा असाहय वर्गकालागि सहयोग पु¥याउने उद्देश्यले ढोरपाटन नगरपालिका वडा नं. ५ र ६ का प्रभावित २२ घर परिवारलाई राहत सामाग्री उपलव्ध गराएका हुन् ।

नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपाली आज आफै वडा नं. ५ को सहिखोलामा पुगेर राहत सामाग्री उपलव्ध गराएकी हुन् । वडा नं. ५ का २० घरपरिवार र वडा नं. ६ का २ घरपरिवारलाई राहत सामाग्री उपलव्ध गराइएको नगर प्रमुख नेपालीले जानकारी दिए । राहत सामाग्री प्रतिपरिवार १ बोरा जिरा स्टीम चामल, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो नुन र २ पिस नुहाउने साबुन उपलव्ध गराइएको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव गरिव असाहय वर्गहरुको चुलोमा परेको भन्दै नगर प्रमुख नेपालीले संकटपूर्ण अवस्थामा प्रभावित नागरिकहरु भोकमरीकै कारण मर्न नपरोस आफुले साहयोग अभियान नै सञ्चालन गरेको ईबागलुङलाई बताए ।

राहत वितरण कार्यक्रममा नगर प्रमुख नेपालीकी धर्म पत्नी सहित ढोरपाटन नगर उप–प्रमुख करमती पुन सहित स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो ।

नेपाली दम्पत्तीले हाल सम्म पश्चिम बागलुङका ६ सय भन्दा बढि कोरोना प्रभावितहरुलाई व्यक्तिगत रुपमा राहत सामाग्री उपलव्ध गराई सकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !