Sorry, that menu does not exist.
 

दलितले छोएको चुलो १५ सय तिराए पछि चोख्खियो …

प्रेम सुनार गुल्मी २०७७ जेठ २ । ,… मैले छुदा छुइन्छ भने त सुनपानीले छर्क मायालु …, गायक राजु परियारले गायको यो गीतमा सुनपानी छर्के दलित सङ्ग छुइए पनि सुनपानीले छर्के चोख्खिन्छ भन्न्रे सन्देश दिएको थियो । तर गुल्मीको एक घटनाका पीडकले सुनपानीले होइन नगद नारायणले नछर्किए चोखिन्न भन्ने कुसन्देश दिएका छन ।

घटना यसरी सुरु हुन्छ । बैशाख २२ गतेको कुरा थियो । कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कौशिला परियारका छोरा श्याम परियार आफ्नो हजुरआमाको दाह सस्कार गरेर फर्किदै थिए । त्यही बेला एक्कासी हावा हुरी सहित भीषण पानी पर्यो । ओतिनको लागि फोक्सिङ्ग गाउँका नेत्र बहादुर काउछाको घर दलानमा छिरे । त्यही क्रममा घर बाहिर रहेको अस्थाइ चुलोमा श्याम परियार मानिसहरुको पेलाम्पेल हुँदा छिर्न पुगे । त्यस पछि बबाल सुरु भयो । मानौ कि त्यस मगर परिवारमा आकाश नै खस्यो । अर्को दिन बिहान गाउँ कार्यपालिका सदस्य रहेकी कौशिला परियार सहितका दलितहरुलाइ बोलाइयो । वडा सदस्य परियारकी माइली आमा माया परियारको ५६ बर्षको उमेरमा भएको मृत्युले शोकाकुल त्यस परिवारमा सहानुभूति प्रकट गर्नु त परै जावोस उनिहरुलाइ तह लगाउनका लागि हातहातमा लाठी लिएर मगर समुदायहरु काउछाको घरमा जम्मा भएको वडा सदस्य परियारले बताइन ।

सुरुमा किन ७ हजार तिर्ने भन्न साथ श्यामको बुवा धन बहादुर परियारको घोर्को अठयाइयो । पछि श्यामलाइ लौराले हान्न आएका थिए मैले त्यसरी कुटेर होइन न्याय निसाफका कुरा गरौ भने पछि छाडेका हुन वडा सदस्य परियारले भनिन । त्यहि क्रममा ७ हजार तिर्नु पर्ने र सो रकमले भान्छाकोठा लिप्दै बाहुन बोलाएर पुजा पाठ गरि चोख्याउने अडान काउछा परिवारले लिएको र अन्तिममा आर्थिक अवस्था कमजोर भएका कारण दर्शाउदै १५ सयमा घर चोख्यान ठुङो लगाइ पैसा दिएर आफुहरु फर्केको वडा सदसय परियारले बताइन ।

यस घटना प्रती गम्भिर आपत्ति जनाउदै गुल्मीका दलित अधिकारकर्मी गणेश बिश्वकर्मा लगायतका नेताहरुले जातिय बिभेदको प्रकाष्ठ विरुद्ध कार्बाहीको माग गरेका छन । यतिका दिन भइ सक्दा र सामाजिक सन्जालमा यो घटना भाइरल हुँदा पनि कालिगन्डकी गाउँपालिका अध्यक्ष बेद थापा मगरले बुझ्ने चासो गरेका छैनन । उनले चिनेका सन्चारकर्मीको फोन पनि उठाएका छैनन ।

जनप्रतिनिधिहरुको घरमा कसैको मृत्यु हुँदा समवेदना प्रकट गर्न जाने चलन छ । त्यो चेस्टा आज अन्तिम दिन सम्म पनि त्यस गाउँपालिकाले गरेको छैन । यहाँ सम्मकी छिमेकी वडाध्य्क्ष थम्मन सिङ्ग आले मगर समेत पुगेका छैनन । गाउँ कार्यपालिकाकी सदस्य जस्तो जनप्रतिनिधिले त्यस्तो घटना भए पछि हामीलाइ जानकारी नदिएकोले आफुहरु नगएको वडाध्य्क्ष आलेको भनाइ छ । त्यस भेगमा जनजाती बाहुल्री छ । कतिपय दलितका छोरी बुहारीहरु माथी माया प्रेमको नाममा यौन बास्नाको सिकार भए पनि न्याय पाउन सकेका छैनन । सोही गाउँपालिकाको जयखानीमा पनि दलित समुदाय माथी चरम जातिय विभेद छ । अर्बेनीमा पनि त्यस्तै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments