Sorry, that menu does not exist.
 

गल्कोट-३ मा वडास्तरीय विपद व्यवस्थापन समिति गठन, १२ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिदै !

थम्मन थापा, गल्कोट २०७७ जेठ २ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) लाई लिएर आज गल्कोट नगरपालिका वडा नं ३ मा वडाध्यक्ष विरजंग भण्डारीको अध्यक्षतामा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा वडास्तरीय कोरोना विपद व्यवस्थापन समिति गठन तथा क्वारेन्टाईन तथा फिवर क्लिनिक स्थापना, क्वारेन्टाईन व्यवस्थापन समितिकोे गठन आदि विषयमा निर्णय गरिएको छ ।

वडा नं ३ हटिया गलकोट नगरको बढी मानिसको ओहोरदोहोर हुने र बजारमा हुने आवत जावतले गर्दा कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरी यस तर्फ सचेत हुन वडाले विभिन्न प्रयास थालनी गरेको वडा अध्यक्ष भण्डारीले बताए ।

बैठकले वडा नं ३ मा कोरोना भाईरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणका लागी वडाध्यक्ष भण्डारीको संयोजकत्वमा १५ सदस्यीय वडास्तरीय कोरोना विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । समितीको सदस्यमा वीरेन्द्र श्रेष्ठ, दिलु सुवेदी, अनुप केसी, नन्दराज शर्मा, खिम साहनी, पदम श्रेष्ठ, लक्ष्मी खड्का, राम बहादुर खत्री, कौशिला घर्ती मगर, डिल कुमारी खत्री, लाल बहादुर भण्डारी (सेरा), कृष्ण सुवेदी, मुकुन्द सिंह भण्डारी र कृष्ण प्रसाद गौतम रहेका छन ।

यस्तै देवेन्द्र बहादुर खत्री संयोजक रहेको सल्लाहाकार समिति पनि गठन गरेको छ । समितीको सदस्यमा राम खत्री, मञ्जु चालिसे, चित्र साहनी, फम बहादुर खत्री, टंक चालिसे र लबिन परियार रहेका छन । बैठकले फिवर क्लिनिक स्थापनाको लागी गल्कोट नगरपालिकामा अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसमा १२ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गर्न झहर बहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय क्वारेन्टाईन व्यवस्थापन समति गठन गरेको छ । समितीको समितीको सदस्यमा बेल बहादुर बोहोरा, रत्न कला अधिकारी, तुलसी परियार र शुष्मा श्रेष्ठ रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment