Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिका वडा नं ७ मा वडास्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति गठन

थम्मन थापा, गल्कोट २०७७ जेठ ३ । गल्कोट नगरपालिकाबाट गत वैशाख ११ गते पर्सा जिल्ला फर्केका १४ जना मजदूरमा कोरोना संक्रमण पुष्टि भए सँगै गल्कोट नगरपालिकामा लकडाउनलाई थप कडाई गरिएको छ । नगरपालिकाका वडाहरुमा क्वारेन्टाइन निर्माण, तथा कोरोना रोकथाम व्यवस्थापन समिति गठन लगायतका कार्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला, संघ संस्थाहरु लागेका छन ।

यसैक्रममा गल्कोट नगरपालिका वडा नं ७ मा शनिबार सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाको संयोजकत्वमा वडास्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति चयन गरेको छ । समितीको सदस्यमा लक्ष्मी सार्की, टेकनाथ शर्मा गौतम, डोल बहादुर केसी, नर बहादुर थापा मगर, रुद्र केसी, चिरञ्जीवी मरासिनी, टोप बहादुर थापा, टीका साहनी, राम बहादुर थापा, होम बहादुर बस्नेत, दीपक खड्का, पदम बहादुर थापा, भीम बहादुर केसी ९बाबुराम० रहेका छन्।

त्यस्तै देश विदेशबाट वडा भित्र आउने नागरिकहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखी कोरोना संक्रमण फैलिन नदिन सार्वजनिक क्वारेन्टाइन निर्माण गर्न थम्मन थापाको संयोजकत्वमा १३ सदस्यीय क्वारेन्टाइन निर्माण तथा यातायात निगरानी समिति गठन गरिएको छ । समितीको सदस्यमा पृथ खड्का, भूमिराज थापा, मिन थापा, प्रकाश थापा, दिनेश थापा, जीवन साहनी, अमृत थापा, रवि केसी, जीवन साहनी, प्रदीप थापा, चन्द्र बहादुर थापा, प्रेमकाजी थापा, केशव थापा रहेका छन् ।

कोरोना संक्रमण रोकथाम र क्वारेन्टाइन निर्माण गर्न आवश्यक परामर्शको लागि वडा सदस्य लोक बहादुर थापाको संयोजक रहेको सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा मिन दर्जी, छुम बहादुर थापा, ज्ञान बहादुर थापा र दुर्गा बहादुर चोखाल रहनु भएको छ । समितिले प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिए।

सर्वदलीय सर्वपक्षीय बैठकले बागलुङ जिल्लामा डेङ्गुको प्रकोप बढ्न थालेकोले नगर स्तरिय फिभर क्लिनिक स्थापनाको निम्ति गल्कोट नगरपालिकामा ध्यानाकर्षण गराउने र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा ज्वरो नाप्ने थर्मल गन बिग्रेको र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित, प्रसारित भएको हुँदा त्यसको व्यवस्थापन गरी सहजता ल्याउन आवश्यक पहल तथा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !