Sorry, that menu does not exist.
 

नेपालमा कोरोनाको पहिलो शिकार बनिन सुत्केरी महिला, संक्रमितको संख्या उकालो लाग्दै पुग्यो २ सय ९१

बागलुङ २०७७ जेठ ४ । नेपालमा कोरोना भाईरस (कोपिड-१९) को संक्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना कोभिड–१९ का कारण मृत्यु भएको नेपालमा पहिलो घटना भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुत्केरी महिला महाराजगन्ज स्थित शिक्षण अस्पतालमा बैशाख २३ गते भर्ना भएर बैशाख २४ गते सुत्केरी भएकी थिईन् र २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिईन् । सुत्केरी महिलामा ज्वरोका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा आउदै गर्दा सुत्केरी महिलाको मृत्यु भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । मृतकका परिवारले भने त्रिवि शिक्षण अस्पतालमै कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् ।

उता आईतवार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएपछी नेपालमा कोरोना भाइरस (कोभिड-१९ संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा रहेर काम गर्दै आएका पर्सा लगायतका मजदुरहरु बैशाख ११ गते घर पर्सा गएका र त्यहाँ उनिहरुको परीक्षण गर्दा १४ जना मजदुरहरुमा कोरोना संक्रमण पुष्टी भएपछी गल्कोट नगरपालिका एक हप्तालाई सिल गरिएको छ । संक्रमित मजदुरहरुको सम्पर्कमा रहेका स्थानीयको खोजी गरी गल्कोट हटिया स्थित गल्कोट बहुमुखी क्याम्पस परिसरमा थ्रोट स्वाब संकलन गरी पोखरा पठार्ईको छ । उनिहरुको आज साँझ सम्ममा परीक्षणको रिपोर्ट आउने विश्वास गरिएको छ । हिँजो र अस्ति दुई दिन गरी १०९ जनाको नमुना संकलन गरिएको हो ।
विश्वका केहि देशको पछिल्लो कोरोना अपडेट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !