Sorry, that menu does not exist.
 

अमेरिकाको मेरिल्याण्डमा पौडी खेल्दा डुबेर बागलुङ रुद्रेपिपलका एक युुवकको मृत्यु !

निर्मल पौडेल, बागलुङ २०७७ जेठ ५ । अमेरिकाको मेरिल्याण्डमा बागलुङका एकजना युवकको तलाउमा डुबेर मृत्यु भएको छ । रोजगारीका लागी तीन वर्ष देखी अमेरिकामा रहेका बागलुङ नगरपालिका २ रुद्रेपिपलका आशिष केसीको पौडी खेल्ने क्रममा तलाउमा डुबेर मुत्यु भएको हो ।

गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा मृतक केसी र उनका भतिजा, अन्य साथीहरु पौडी खेल्दा खेल्दै उनी तलाउमा डुवेको वताइएको छ। मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरले दिएको जानकारी अनुसार पौडी खेल्ने क्रममा डुबेपछी उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा आईतवार केसीको निधन भएको अमेरिकाबाट आशिष सापकोटाले जानकारी दिएका छन ।

तलाउमा डुबेर उनी पानीको मध्य भागमा पुगेर चिच्याएपछि साथीहरुले उद्दारको प्रयास गरेका थिए । त्यही वीचमा अरु साथीहरुले स्थानीय प्रहरी र उद्दार कर्ताहरुलाई ९११ मा खवर गरेपछि तुरुन्त हेलिकप्टर सहितको टोलीले उनको उद्धार गरेका थिए । उद्धारमा रहेको सिपिआर ९कार्डिओपल्मोनरी रिससिटेशन० टोलीले अस्पताल लगेका थिए । अस्पतालमा आपतकालीन सेवामा रहेका चिकित्सकहरुले तत्काल उनको उपचारको प्रक्रिया थालनी गरेका थिए ।

डा सारा भायलाले दिएको जानकारी अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए । २० घण्टा सम्म शरीरलाई वार्म गराउदै मेकानिकल भेन्टिलेटरमा राखेर फेल भएको मृगौला डायलिसस समेत गराएका थिए ।

मृतक आशिष केसीलाई अस्पताल पुराउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको, मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको थियो । उपचारमा संलग्न चिकित्सकहरुले उच्च प्रकारको मेडिकेशन चलाएर व्रेन वेभ मनिटर मार्फत मस्तिष्कको जाँच गर्दा अक्सिजनको कमी भएको र मृगौला समेत फेल भईसकेको थियो । उपचारमा विशेषज्ञ चिकित्सकहरुको टोली संभव भए सम्मको उपचार गरेका थिए । डा सारा भायला ९ पल्मोनरी क्रिटिकल केयर विज्ञ० को टिमले अन्तिमसम्म हदै सम्मको प्रयास गरेपनी वचाउन नसकेको मेरिल्याणड जनरल एसेम्वलिका हयारी भण्डारीले डेलिगेट गरेका छन् । दुखद क्षणको वारेमा नेपालको स्थानीय समय अनुसार सोमवार विहान नेपालमा रहेका आमा बुबालाई समेत अवगत गराइएको छ ।

आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कार सम्पन्न गर्नका लागि परिवारका सदस्यहरुको समन्वय र स्थानीय संघसंस्थाका प्रतिनिधीसँग सहकार्य गरेर व्यवस्थापन गर्ने सापकोटाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

172 Comments