ताराखोला २०७७ जेठ ५ । ताराखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको कांक्राखोर आधारभूत बिधालयमा गत जेठ ३ गते राती तोडफोड गरि बिद्यालयका आवश्यक सम्पुर्ण काजपत्र लगिएको घटनालाई लिएर दुईजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताराखोला गाउँपालिकाबाट काँक्राखोर आधारभूत विद्यालय भवन र ढलको अनुगमन गर्न आएको इन्जिनियर सहितको टोलीले बिद्यालय अनुगमन गर्ने क्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर ,भण्डारीले बिद्यालयको ढोका खोलिएको देखेपछी बिधालय सम्बद्ध अरुलाई पनि खबर गरेर अफिसमा गएर हेर्दा टेबुलमाथी चाउचाउ ,टेबुल तल चुरोट दराजको लक फोरिएको कार्यालय संचालन गर्न आवश्यक कागजपत्र सबै लगिएको पाईएपछी घटनाका बारेमा तत्काल ईलाका प्रहरी कार्यालय ताराखोला प्रहरी इन्चार्ज युवराज सलामी मगरलाई जानकारी गराईएको थियो ।
यो घटनामा शंकास्पद ब्यक्ति को हुन् सक्छ भन्ने बारेमा छलफल गरेर ३ गते राति ब्राईट लोटसका पुर्व शिक्षक रेशम खत्री उनि संगै तिलक कार्की गाउँमा देखिएको र दोकान समेत गएको कुराका आधारमा उनिहरुको घरमा प्रहरी तत्काल पुगेर छापा मारेको थियो । खानतलासी गर्दा तिलक कार्कीको कोठाबाट बिद्यालयको कागजपत्र बरामद भएपछी उनिहरुलाई हिजै ईलाका प्रहरी कार्यालय हरिचौर पुराईसकिएको ताराखोलाका ईन्चार्ज युवराज सलामी मगरले बताए ।
घटनाका बारेमा थप अनुसन्धान हुदै छ । पत्रmाउ परेका ब्यक्ति छिमेकी गाउँ ईदीका रहेका छन । विद्यालय तोडफोड गरी कागजपत्र लगिएको विषयलाई लिएर कार्बाहीका लागी भोलि बिद्यालय व्यवस्थापन समित बागलुङ सदरमुकाम जाने अध्यक्ष भण्डारीले बताए ।