Sorry, that menu does not exist.
 

भारतबाट आएका निसी, तमान, ढोरपाटन र ताराखोलाका १८ जना बसे क्वारेन्टाईनमा … !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ ६ । भारतबाट आफनो गाउँ फर्किएका बागलुङका १८ जनालाई स्थानिय पालिकाले क्वारेन्टाईनमा राखेका छन् । ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिका अन्तर्गत घर भई भारतबाट फर्किएका उनिहरुलाई स्थानिय पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राखिएको हो ।

मँगलबार आफनो पालिकामा आएका उनिहरुमध्ये ढोरपाटन नगरपालिकामा ८ जना, तमानखोला गाउँपालिकामा ४ ताराखोला गाउँपालिकामा ४ र निसीखोलाका २ गरी १८ जनालाई क्वारेन्टाईमा राखिएको हो ।

कैलाली हुँदै आएका १६ जनाको आरडिटी परिक्षण नेगेटिभ देखिएको थियो । उनिहरु एकै बसमा आएका थिए । त्यसैगरी ढोरपाटन- २ का दुई जना ३ दिन अगाडी गुल्मीको रिडीमा आइपुगेको र त्यहाँको क्वारेन्टाईनमा बसेको अवस्थामा आज ढोरपाटन नगरपालिकाले उद्धार गरी बुर्तिबाङ लिएर क्वारेन्टाईनमा राखेको छ । एकै बसमा आएका मध्ये ढोरपाटनका ६ जना, तमानका ४ ताराखोलाका ४ र निसीखोलाका २ जना छन् ।

ढोरपाटन नगरपालिकाले उत्तरगँगा माविमा बनाइएको क्वारेन्टाईनमा ८ जनालाई राखिएको र उनिहरुलाई खान बस्न लगाएतको प्रवन्ध भइसकेको प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोख्रेलले ईबागलुङलाई बताए । उनिहरु मध्ये वडा नं.२ का ३ जना, वडा नं.३ का २ जना, वडा नंं ४ का ३ जना रहेका छन् ।

त्यसैगरी निसीखोला गाउँपालिकाले प्रभा मावि क्वारेन्टाईमा दुई जनालाई राखेको छ । उनिहरु वडा नं.३ र ७ का हुन् । दुई हप्ता सम्म पालिकाले क्वारेन्टाईनमा राख्ने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
ताराखोला गाउँपालिकामा आएका ४ जनालाई समेत गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । तमानखोला गाउँपालिकाले समेत ४ जनालाई क्वारेन्टाईमा राखेको छ ।
स्मरणीयछ, जिल्ला प्रशासन कार्यालय, धनगढी कैलालीले पठाएको पत्रमा आगन्तुकहरुको ठेगाना केहि फरक लेखिएको पाइयो।
यो लिंकपनि पढौँ :
भारतबाट कैलाली हुँदै बागलुङ आईपुगे गल्कोट, ढोरपाटन र तमानखोलाका १६ जना …

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments