Sorry, that menu does not exist.
 

सामाजिक सन्जाल फेसबुकमा लाईभ कार्यक्रम गर्नु कानून विपरीत ?

बागलुङ २०७७ जेठ ७ । सामाजिक सन्जाल फेसबुकबाट लाईभ कार्यक्रम प्रसारित गरेको भन्दै बागलुङ नगरपालिकाका एक युवकलाई प्रहरीले अब आईन्दा यस्तो नगर्न सम्झाई बुझाई गरेर पठाएको छ ।

बागलुङ नगरपालिका-३ का सोम शर्मालाई हिँजो जेठ ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा बोलाएर फेसबुकमा राखेको लाईभ डिलिट गर्ने र अब उप्रान्त यस्तो कानून विपरीतका काम नगर्ने व्यहोराको कागज गराईएको चर्चा बाहिर आएपछी हामीले सोम शर्मासंग यस सम्वन्धमा जिज्ञासा राख्दा, विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबारे जनचेतना जगाउने र यसबारे अपडेट गराउने पवित्र उद्देश्यले सीडीयो साहेब लगायत केहि विशिष्ट व्यक्तिज्यूहरुसंग फेसबुकबाट लाईभ अन्तर्वार्ता कार्यक्रम गरेको स्वीकार गरे ।

फेसबुक लाईभ कार्यक्रमलाई लिएर सीडीयो साहेब, एस्पी साहेबसंग फोनमा कुरा भैरहेको थियो, शर्माले भने, ‘जिल्ला प्रहरी कार्यालयबाट बोलावट भयो र म गएको हुँ, । फेसबुक लाईभ गरेर अन्तर्वार्ता लिनु कानून विपरीत भएको आफुलाई थाहा नभएकोले कानून विपरीतका काम नगर्ने भनी फेसबुकमा राखेको लाईभ डिलिट गर्ने कागज गरेर म फर्किएको हुँ, मलाई प्रहरीले पक्राउ गरेर लगेको होईन ।’

पछिल्लो समय सभा सम्मेलन, महोत्सव, नाँचगान, सांगीतिक आदि विभिन्न कार्यक्रमहरु सन्चालन भैरहँदा फेसबुक लाईभ गर्ने प्रचलन बढेको छ । समाजमा कुनै घटना घटेको केहि समय पश्चात नै सनसनीपूर्ण शीर्षक सहित विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिएर युट्यूब मार्फत सार्वजनिक गर्नेहरुको घुँईचो देखिन्छ । यस सम्वन्धमा सरोकारवाला निकायको धारणा सार्वजनिक हुनु समय सान्दर्भिक हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !