Sorry, that menu does not exist.
 

जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा सवारी पास सम्वन्धी नयाँ सूचना जारी !

बागलुङ २०७७ जेठ ७ । जिल्ला प्रशासन कार्यालय बागलुङले सवारी पास सम्वन्धी एक सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवन यापनमा सहजीकरण गरी जनजीवन समान्य बनाउन बागलुङ जिल्लामा मिति २०७७ साल जेठ ७ गते आजकै मितिदेखी लागु हुने गरी अर्को व्यवस्था नभएसम्म सवारी पास सम्वन्धमा केहि परिवर्तन गरेको छ ।

आज प्रकाशित सूचनामा बागलुङ जिल्लामा सन्चालन हुने एम्बुलेन्स, शववाहन, दमकल, खानेपानी मर्मत, सम्भार तथा वितरण, फोहोरमैला व्यवस्थापन, पेट्रोलियम पदार्थ, औषधी तथा औषधीजन्य पदार्थहरु, ग्याँस, ड्यूटीका स्वास्थ्यकर्मी, प्रेसपास भएका सन्चारकर्मीहरु, बिद्युत सेवा, दूरसन्चार सेवा, पशुपंक्षी जन्य आहारा दाना, खसी बोका राँगा बंगुर माछा तरकारी फलफुल दुध तथा दुग्ध जन्य पदार्थहरु ढुवानी गर्ने सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बागलुङबाट जारी सूचना यसप्रकार छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments