Sorry, that menu does not exist.
 

आजको तस्वीर : स्याउ फुलेको ढोर !

शव्द/चित्र : अस्मिता कान्छी, (ढोरपाटन)

बुर्तिवाङ २०७७ जेठ ८ । त्यसो त बाह्रै महिना ढोरपाटन उपत्यका रमणीय प्राकृतिक छटाहरुले आकर्षणको केन्द्र बनेको हुन्छ । केहि दिन पहिले सम्म हिमपातका चित्ताकर्षक दृश्यहरुले ढोरपाटन पुग्ने जो कोहिको मन प्रफुल्ल बनायो भने यतिबेला स्याउका बोटहरुमा फुलेको फुलको दृश्यले ढोरपाटन उपत्यकाको वातावरण नै पुलकित बनेको छ ।

ढोरपाटनमा व्यवसायिकरुमा स्याउ खेती गर्ने प्रचलन धेरै भएको छैन । एक डेढ दशक पहिले देखी मात्र स्याउ खेती सुरुगरिएको किसानहरु बताउछन् । प्रारम्भमा स्याउको दानामा अमिलोपन बढी देखिएपछी किसानहरुले त्यति लाभ लिन नसके पनि पछिल्लो अवस्थामा ढोरपाटनको स्याउलाई उपभोक्ताहरुले रुचाउन थालेका छन् ।

ढोरको उव्जाउ भूमिमा स्थानीय परिश्रमी किसानहरुले लगाएको आलुका बोटहरुले पनि ढोरको रमणियतालाई साथ दिईरहेको अनुभूति हुन्छ ।

लकडाउनका कारण ढोरपाटनमा आन्तरिक एवं बाह्य पर्यटकहरुको आवागमन ठप्प छ । सवारी साधनहरु सन्चालनमा छैनन् । प्रबल चाहनाका बाबजुत पनि पर्यटकहरु ढोरपाटन पुग्न सकिरहेका छैनन् । स्याउका बोटहरुमा फुलेको फुलको महक र बास्नाले पर्यटकहरुलाई स्वागत गर्न पाईरहेको अवस्था छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !