Sorry, that menu does not exist.
 

स्थानीय चुनाबमा केन्द्रित रहन कार्यकर्तालाई अध्यक्ष सापकोटाको आग्रह !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ पुस २५ । अधिकारीचौर गाविसमा सोमबार आयोजित नेकपा एमाले पार्टी कार्यकर्ताहरुको बैठकमा प्रमुख अतिथीको आसनबाट बोल्दै नवनिर्वाचित नेकपा एमाले जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाले एमाले अबको चुनाबमा देशैको पहिलो पार्टी भएर देखाउने बताउँदै हरेक गाँँउ तहबाट युवा पंतिmले नेतृत्वका साथ अगाडि बद्दै स्थानीय तहको चुनाबमा केन्द्रित रहन आग्रह गरे । उनले गत साउन महिनामा आएको बाढीका कारण पीडित बनेका अधिकारीचौर गाविसका समुदायलाई आबश्यक पुनर्बासका लागि जिल्ला तहबाटै सरकार समक्ष पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला सदस्य केशर छन्तयालको स्वागतबाट सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य रुद्र्र पौडेल, निबर्तमान सचिवालय सदस्य दल बहादुर घर्तिमगर, निवर्तमान जिल्ला सचिवालय सदस्य टँक पौडेल, लगाएतले मन्तब्य ब्यतm गरेका थिए ।

त्यस्तै सोहि कार्यक्रमका अबसरमा जिल्ला कार्य समिती सदस्यमा नवनिर्वाचित रितुवर्ण पौडेल, जनजाती खुल्ला तर्फका महिला प्रतिनीधि करमती
पुनमगर, जिल्ला सदस्य लछुमन पुन मगरलाई सम्मान गरिएको थियो ।

गाँउ कमिटी अध्यक्ष सुनिल कुमार घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमम गाँउ कमिटी सचिब प्रेम घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच समाजसेवा युवा क्लब अधिकारीचौर ९ प्याङखोलाको २३ औँ बार्षिक उत्सब कार्यक्रम आज एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

यहाँ नगरे कहाँ गर्ने , हामीले नगरे कस्ले गर्ने, आज नगरे कहिले गर्ने, जनसेवा नै उत्तम सेवा हो भन्ने मुल उदेश्य सहित माघे सक्रान्ती पर्वका अबसरमा आज देखि सुरु भएको छ ।

आज उद्घाटन गरीएको कार्यक्रमका अबसरमा क्लब अध्यक्ष दिपक पुन मगरको अध्यक्षता , नेकपा एमाले जिल्ला सभापती ईन्द्रलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

क्लब सचिब वीर बहादुर पुनको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष सापकोटाले कार्यक्रमको दिप प्रज्वलन गरी उद्घाटन गर्दै समाज रुपान्तरणका निम्ती युवा शतिmको महत्वपुर्ण भूमिका रहने बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले अधिकारीचौर गाँउ कमिटी सचिब प्रेम घर्तिमगर , ग्रामिण बिकास मञ्च अधिकारीचौरका अध्यक्ष उमेश बुढामगर, जनसेवा युवा क्लबका अध्यक्ष बेग बहादुर पुन मगर, नेकपा एमालेका निवर्तमान जिल्ला सचिवालय सदस्य टँक पौडेल, लगाएतको मन्तब्य रहेको थियो । आज देखि सुरु भएको कार्यक्रम पुस २९ गते सम्म जारी रहने बताईएको छ ।

कार्यक्रमा पुरुष महिला भलीबल, ताराखेल, दोहोरी , छेलो लगाएतका प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रम क्लब सदस्य चेतनारायण पौडेलको
सञ्चालनमा सम्पन्न भएको छ । खेल प्रतियोगिता भोली देखि सुरु हुने भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply