बिमल खड्का, बुर्तिवाङ २०७४ बैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई ईलाका प्रहरी कार्यालय बुर्तिवाङले अहिले विहान बुर्तिवाङ बजारका टोल-टोल. कुना-काप्चा सफाई अभियानमा प्रयोग गरिरहेको छ । बजारवासीहरु घर आगन म्यादी प्रहरीले बढारेको देखर मख्ख देखिएका छन् । ‘कुचोले गर्ने काम हावाले ग-यो’ बजारवासीको बुझाई यस्तो देखियो । म्यादी प्रहरीले यस अघिपनि बुर्तिवाङ बसपार्क सफाई गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा म्यादी प्रहरीको संख्या ६१ छ, जस्मा पुरुष ५५ जना छन भने महिलाको संख्या ६ रहेको छ । यतिबेला ६१ जना म्यादी प्रहरीहरु सबैले बुर्तिवाङ बजार बढारिरहेको देख्न सकिन्छ ।
स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई यसरी दिनहुँ जसो बजार बढार्ने काममा प्रयोग गर्नु ‘उचित वा अनुचित’ भन्ने विषय अहिले बुर्तिवाङ बजारमा चर्चित प्रशंग बनेको छ ।