छविलाल पाण्डे, बुर्तिवाङ २०७४ बैशाख १५ । मध्य पहाडी लोकमार्ग अन्र्तगतको बुर्तिबाङ —बाग्लुङ खण्डको सडक निर्माण देखि कालोपत्रे सम्मका कार्य जारी रहेको छ । आर्थिक बर्ष २०७३।०७४ को अन्त्य सम्म हटिया देखि बुर्तिबाङ खण्डको २४ किलोमिटर कालोपत्रे गरीसक्ने गरी काम भईरहेको हो । ४३ मिलोमिटर रहेको हटिया— बुर्तिबाङ खण्डमा असार मसान्त सम्म २४ किलोमिटर सकिएसँगै बाँकि १९ किलोमिटर आर्थिक बर्ष २०७४ को माघ महिना सम्म सक्ने लक्ष्यका साथ काम भईरहेको ईन्जिनीयर राजु रानाभाटले बताए ।
निर्माण चरणमा रहेको हटिया खर्वाङ खण्डमा शंकर माली कम्पनीले १२ किलोमिटर कालोपत्रे गर्ने गरी काम अगाडी बढाएको छ । खर्वाङ ठुलाबेसी खण्डमा रौताहा कन्स्ट्रक्सन कम्पनीले ८ किलोमिटर र ठुलाबेसी बुर्तिबाङ खण्डको ४ किलोमिटर दिवा निर्माण कम्पनीले कतै कालोपत्रे गरीसकेको र कतै कालोपत्रेका लागि आबस्यक पुर्वाधार तयारी गरीरहेको सिनियर डिभिजन ईन्जिनीयर बुद्ध्रि प्रसाद शर्माले बताए ।
त्यस्तै बुर्तिबाङको सेराफाँट देखि पातिहाल्ने सम्मको काम समेत तीब्र रुपमा भएको बताईएको छ । आगामि दुई बर्ष सम्म काम सक्ने लक्ष्यका साथ सेरा देखि १७ किमि शंकर माली, १४ किलोमिटर कालीका प्यासिफिक र ११ किमी ईसिआई कन्काई जेभि कम्पनीले गरी ४२ किमि सडक निर्माणको काम गरिरहेको छ ।
यो सँगै हटीया बाग्लुङ खण्डको करीब ५० किमि मध्य २० किमी कालोपत्रे भईसकेको र बाँकि ३० किमीको समेत आगामि तिन बर्षमा सक्ने गरी दुई पयकेजमा काम भईरहेको ईन्जिनीयर बद्रि सर्माले बताए ।
त्यस्तै अब पाला गाविसको खहरे खोला र बुर्तिबाङको सेरा घाकमा आगामि तिन बर्षभित्र निर्माण सक्ने गरी मोटरेबल पुलको टेण्डर भईसकेको छ । पालमा टेण्र भईसकेको र सेरा घाकमा पनी डिवा निर्माण कम्पनीले करीब ८ करोडमा जिम्मा लीएको बताईएको छ । त्यस्तै ग्वालीचौरको लब्दि खोला र निसिको चरीबाङ खोलामा पुल निर्माणको काम अन्तिम चरणमा रहेका कारण यो आर्थिक बर्षमा सक्ने लक्ष्य रहेको बताईएको छ ।