सोम शर्मा, बागलुङ २०७७ जेठ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको कोरोना (कोभिड-१९) परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको छ । संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।
यसैबीच ललितपुर महानगरपालिका वडा नं २२ का ५७ बर्षिय पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
किष्ट मेडिकल कलेज ललितपुरमा गत जेठ ११ गते कलेजेको समस्या लिएर गएका थिए भोलिपल्टै त्यहांबाट उनको थ्रोट स्वाब संकलन गरेर परिक्षणको लागि पठाएका थियौ, आज मात्र उहांको रिपोर्ट पोजेटिभ आएको छ ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए । उनको दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको थियो र मृत्यु भएको केही बेरमा उनको रिपोर्ट पोजेटिभ आएको हो गेलालले भने। कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गरिएको छैन ।