कमल पौडेल, बडीगाड २०७७ जेठ १५ । बडीगाड गाउँपालिकाको खर्वाङ स्थित त्रिभुवन र ग्वालिचौर स्थित भानु माविको क्वारेन्टाईनमा बसेको ५ दिन पुगेकाहरुको स्वाब नमुना संंकलन कार्य सुरु भएको छ । स्वाब संकलनका लागी धौलागिरी अस्पतालका बरीष्ठ ल्याब टेक्निसियन सूरज बरालको नेतृत्वमा स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली पसाद आचार्यको टोली खर्वाङ आएको छ ।
केहि दिन यता भारतबाट फर्किएका बडीगाडबासीहरु त्रिभुवन नमुना माबि, भानु भाबि, खार मावि, बुध्द माबि र पौँदीटारी आधारभूत विद्यालयहरुका क्वारेन्टाईनमा झण्डै तीन सयको हाराहारीमा रहेका छन् । आज त्रिभुवत नमुना माबिका १६ र भानु माबिका ४० जनाको पीसीआर स्वाबाको नमुना संकलन गरी पोखरा पठाईने तयारी भएको छ ।
हिँजो मात्र आईपुगेका ४३ जनालाई खार बजार स्थित खार माविको क्वारेन्टाईन कक्षमा व्यवस्थापन गरिएको बडीगाड ७ का वडाध्यक्ष कृष्ण गुरुङले ईबागलुङलाई जानकारी दिए । उनले आज भारतबाट गाउँ फर्कदै गरेका २७ जना नागरिकहरुलाई भिङििगठे भाबि भवनमा क्वारेन्टाईन गरिने तयारी भएको पनि जानकारी दिए ।
यसैवीच स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सूरज गुराँले बडीगाडका क्वारेन्टाईन सेन्टरहरुको निरीक्षण गरी ढोरपाटन अवलोकन गर्न त्यसतर्फ गएका छन् ।
केहि दिन पहिले त्रिभुवन नमुना माबिमा रहेका ८ जनाको स्वाब परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिव आएको र तमानखोलाको धनज्यो माविमा रहेका ८ जनाको स्वाब परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएपछी यस क्षेत्रमा सन्त्रास फैलिएको छ । संक्रमित ६ जनालाई धौलागिरी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।