Sorry, that menu does not exist.
 

काठेखोला गाउपालिका पाँच दिन पूर्णरुपमा सिल !

भरत सापकोटा, बिहुँ बागलुङ २०७७ पुस १६ । काठेखोला गाउपालिका आज जेठ १६ गते देखी ऐ २० गते सम्म पाँच दिन पूर्णरुपमा सिल गरिने भएको छ । अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा बिहीबार काठेखोला गाउपालिकाको आयोजनामा भएको सर्वदलीय सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले भिमसेन प्रावि, भिमसेन मावि र अमर माविमा ५० शैया थप गरी १ सय क्षमताको गाउपालिकास्तरीय क्वारेन्टाईन निर्माण गर्ने र पीसीआर रिपोर्ट नआउदा सम्म खानाको लागी प्रति छाकको रु २ सय र खाजाको लागी रु ५० गाउँपालिकाले सम्वन्धित खाना खुवाउनेलाई दिने निर्णय गरेको छ । गाउपालिकामा सय बेड क्षमताको क्वारेन्टाईनले थेग्न नसक्ने अवस्थालाई मध्य नगर गरी गाउपालिका भित्र रहेका लेखानी, धार र रेश नुन्थला मावि भवनहरुमा पनि क्वारेन्टाई कक्ष निर्माण गर्ने तयारी गर्ने निर्णय गरेको छ ।

दुध तथा बिरामी बोक्ने अत्यावश्यक बाहेकका अन्य गाडीहरुको प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउनुका साथै खाद्यान्न वा निर्माण सामाग्री ढुवानी गर्न गाउपालिका वा वडाको सिफरिसमा ट्याक्टर मात्र प्रयोग गर्ने निर्णय गरेको छ ।

गाउपालिकाको वडा नं १ खहरे नजिक र वडा नं ५ घोँडाबाँधेमा हेल्थडेस्क तथा चेक प्वाईन्ट राख्ने, गाउपालिका भित्रका शिक्षक कर्मचारीहरु, स्थानीय क्लब, महिला स्वयंसेविका, तथा सामाजिक संघसंस्थालाई क्वारेन्टाईन व्यवस्थापन तथा हेल्थडेस्क र चेक प्वाईन्टमा स्वयंसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले गाउपालिका भित्रका सहकारी एवं लघुवित्त संस्थाहरुको आपर्थक कारोवार बन्द गर्ने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment