Sorry, that menu does not exist.
 

रुकुम काण्डः ५ जनाको शव फेला , हत्या गरेर फालेको शवको प्रकृतिले देखाउँछ !

प्रेम सुनार, बुटवल २०७७ जेठ १६ । भेरी नदीमा भेटिएको लोकेन्द्र सुनारको शवको बारेमा विभिन्न टिका टिप्पणी भई रहेको छ । स्थानीयवासीले हातमा डोरी बाँधिएको थियो भनेर विभिन्न सञ्चार माध्यमलाई बताएका छन । यस सम्वन्धमा जाजरकोट जिल्लाका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठ संग सम्पर्क राख्दा मृतकको एउटा हातमा माछा मार्ने जालको डोरी बेरिएको जानकारी दिए ।
हत्या गरेर भेरी नदीमा फालियो वा आफै हाम्फाले भन्ने कुरा पोष्टमार्टम रिपोर्ट र अनुसन्धानले देखाउला डिएसपी श्रेष्ठले भने प्रहरी पुग्दा उनको एउटा हातमा माछा मार्ने जालको डोरी बेरिएको थियो । उनको शव स्थानीयले भेरी नगरपालिका वडा नम्वर १३ को कुटु भन्ने भेरि नदिको तिरबाट तानेर बाहिर निकालेका रहेछन । प्रहरी पुग्दा उनको एउटा हातमा माछा मार्ने जालको डोरी भेटिएको थियो’– डिएसपी श्रेष्ठले भने ।

शनिवार रुकुम पश्चिमको चौरजाहरी नगरपालिका ८ सोती भन्ने स्थानकी ठकुरी समुदायकी छोरी अर्थात प्रेमीकालाई बेहुली बनाएर ल्याउने भन्दै पुगेका जाजरकोट ४ रानागाउँका २० बर्षीय नवराज बिकको शव त्यसको दोश्रो दिन भेरी नदिमा फेला परेको थियो ।

लगत्तै त्यसै दिन साँझ टिकाराम नेपाली , दुई दिन पछि गणेश बुढा , लोकेन्द्र सुनार र हिजो सञ्जु बिक सहित ५ जनाको शव फेला परेको छ । अब एक जना बेपत्ता फेला पर्न बाँकी छ । यस घटनालाई राजनितीकरण गरिएको , जातिय हो वा अन्य कारणले घटना घटेको हो छानविन हुन नपाउँदै जातियकरण पनि गरिएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रुकुम पश्चिमका जिल्ला पार्टी कमिटी अध्यक्ष गोपाल शर्माले बताए ।

‘हामी शोषित पिडित बर्गकै पक्षमा १० बर्षे जनयुद्ध लडेको पार्टीका मान्छे हौं , यहाँ जातिय विभेद हुन दिदैनौं । स्वयम ती किशोरीका बाबुको घरमा पनि अन्तरजातिय विवाह सम्वन्ध चलेकै छ , जातिय कारणबाट घटना घटे जस्तो हामीलाई लाग्दैन । तर पनि प्रहरीको अनुसन्धानबाट सत्य तथ्य पत्ता लाग्ला’– नेता शर्माले भने– हाम्रो पार्टीबाट अनुसन्धानलाई पुर्ण रुपमा सघाउने काम भएको छ । नेता जनादर्न शर्मालाई गलत ढंगबाट मुछ्ने काम पनि भएको छ तर सत्य के हो भने उहाँकै दवावमा वडाध्यक्ष सहितका मानिहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । ’
उनले कुनै पनि हालतमा दोषी उम्कीन नपाउने र पीडितले न्याय पाउने गरि नेकपा रुकुम पश्चिम लागेको र पार्टीको तर्फबाट पनि नेता चन्द्रबहादुर बिश्वकर्माको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताए । ‘जो जसले हिजो जातिय विभेद गर्दथे , दलितहरुलाई हेप्थे उनैहरुनै यति बेला जुर्मराई रहेका छन–उनले भने– ‘नेकपा रुकुम न्याय मर्न कदापी दिन्न सबैलाई यहि कुरामा आश्वास्त गराउन चाहन्छ । ’
लामो समय देखि दलित आन्दोलनमा लागेका र नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुमका प्रभावशाली नेता समेत रहेका सो पार्टीबाट छानविन समिति संयोजक रहेका नेता चन्द्रबहादु बिश्वकर्माले यस घटनालाई पार्टी बिशेष बनाउन नदिईने प्रतिबद्धता जनाए ।

‘ हाम्रै पार्टी हो दलित र शोषित पीडित वर्गको मुक्तिका लागि लडेको , अनी हामीले नै यस घटनालाई दवाउँला ? उनले प्रति प्रश्न गर्दै भने – म संयोजक रहेको समितिले कसैको दववामा परेर यति ठुलो घटनालाई गम्भीर रुपले छानविन गरेर प्रतिवेदन बुझाउने छ ।’

उनले नेता जनार्दन शर्मालाई कतिपयले मुछ्ने गरेको प्रति दुख ब्यक्त गरे । ‘उहाँ त सबैको नेता हो , अझ भनौ उहाँ यीनै दलित शोषित पीडितहरुको नेता हो , उहाँबाट यस घटनाको सत्य तथ्य छानविनका लागि पहल हुँदै आएको छ – उनले भने उहाँलाई जो जसले मुछ्ने काम गरेका छन जुन गलत हो । ’
कांग्रेसलाई भने शंका
रुकुम पश्चिम स्थित नेपाली कांग्रेसले भने पीडिक भनिएका परिवार र पुर्वमन्त्री समेत रहेका जनार्दन शर्मा एक आपसमा नजिकका आफन्त भएकोले यस घटनालाई दवाउन सकिने भन्दै शंका ब्यक्त गरेको छ । त्यहाँका पार्टी सभापति प्रेम प्रकाश ओली संग गरिएको कुराकनीका क्रममा उनले यस्तो शंका ब्यक्त गरेका हुन् ।

‘हिजो मात्र लोकेन्द्र सुनारको हातमा डोरी बाँधिएको अबस्थामा शव फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ । सामुहिक हत्या गरि भेरी नदिमा फालिएको शवको प्रकृतिले देखाउँ छ । टाउँकोमा गम्भीर चोट छ , नदिमा डुबेर मर्ने मान्छेको पानीले पेट ढाडिनु पर्ने –उनले भने– नेकपाका नेताहरुको विज्ञप्ती र स्थानीय सञ्चार माध्यममा आएको अभिब्यक्तिले घटनालाई मोड्ने प्रयास भएको अनुभुत भएको छ । ’
उनका अनुसार टिकाराम नेपालीको शव फेला पर्दा पनि धारिलो हतियारले हाने जस्तो देखिने टाउकोमा गम्भीर चोट देखिएको थियो । पहिलो पटक शव भेटिएका नवराज बिकको टाउँकोमा पनि गम्भीर चोट देखिएको उनकी दिदी शरिता बिकले बताएकी छन ।

नेता चन्द्रबहादुर बिश्वकर्माका अनुसार अहिले केहि बेर अघि नवराज बिक र गणेश बुढाको शव आफन्तजनले बुझेर दाह संस्कार गर्न लैजाँदै छन । घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषीलाई कार्बाही गर्ने र मृतक नवराज बिकलाई शहिद घोषणा गर्ने सर्तमा परिवारले शव बुझेको नेता बिश्वकर्माले बताए ।

कांग्रेस नेता ओलीले भने सत्य तथ्य बाहिर आउने कुरामा शंका ब्यक्त गदैंै भने – र्चौरजाहरी वडा नम्वर ८ का वडाध्यक्ष डम्मर मल्ललाई दोश्रो दिन प्रहरीले नियन्त्रणमा लिदा नगरप्रमुख वसन्त शर्मा आएर जमानतमा छुटाएर लैजानु भएको थियो । त्यतीका जान मान्छे बेपत्ता छन प्रमण नष्ट हुन पनि सक्छ भनेर मैले सुर्खेत स्थित डिआईजी ( वसन्त पन्थ ) सावलाई जानकारी गराए पछि मात्र फेरी समातिएको हो ।
यस्तो छ पीडक र नेता जनार्दन शर्माको सम्वन्ध

कांग्रेस नेता ओलीका अनुसार नेकपाका नेता तथा पुर्वमन्त्री जनार्दन शर्माका कान्छा भाई अनिल शर्माका सुसुराली हुन त्यस मल्ल परिवार । अनेरास्ववियुको विद्यार्थी नेता समेत रहेका अनिल शर्माका सालो सन्तोष मल्ल पनि प्रहरी नियन्त्रणमा छन । चौरजाहरी नगरपालिकाका मेयर बिशाल शर्माका पनि त्यहाँको मल्ल परिवार सुसुरालीहरु हुन ।

त्यस वडाका वडाध्यक्ष मोहन मल्ल भनेर गाउँवासीले चिन्ने डम्वर मल्लको आमा र मेयर बिशाल शर्माको श्रीमति दुई बहिनी हुन । वडाध्यक्ष मल्ल ती युवतीका छिमेकी र निकट मल्ल परिवार हुन । दुई तीन महिना पहिला पनि दुई चार जना युवा लिएर नवराज मल्ल प्रेमीकालाई लिन भनि उनको घरमा जाँदा वडाध्यक्ष मल्ल लगायतले प्रहरीमा बुझाएका थिए ।

सभापित ओली भन्छन–‘त्यस दिन पनि वडाध्यक्ष लगायतका मल्ल परिवारले प्रहरीलाई ततकाल बोलाएर बुझाएको भए हुन्थ्यो । साँझ अबेर सम्म र अलि तलै सम्म वडाध्यक्ष मल्ल देखिएको बताईन्छ । क्वारेन्टाईनमा रहेकाहरुलाई स्वयसेवीका रुपमा खटाईएका युवा र अन्य गाउँवासीलाई बोलाएर उनीहरुलाई आक्रमण गराईएको कुरा बाहिर आएको छ ।

‘उनीहरु घर देखि तल देख्न साथ ती युवतीकी आमाले चिच्चाउँदै फेरी आए डोमहरु.. यिनीहरुलाई आज मारेरै छाडनु पर्छ भन्दै वडाध्यक्ष र गाउँवासीलाई गुहारेर आक्रमण गरिएको छ । उनीहरु मध्ये केहिलाई सामुहिक हत्या गरि भेरी नदिमा फालेको शवको प्रकृतिले देखाउँछ– सभापति ओलीले भने ।

सभापति श्रेष्ठले ती युवती नवराज बिकको घरमा बेला बेलामा जाने आउने गरेको र पेटमा बच्चा छ भनेर भन्ने गरेको समेत सुनिएको बताए । जातिय विभेद कै कारणले उनीहरु माथी आक्रमण भएको नेपाली कांग्रेस रुकुम पश्चिमले ठहर गरेको उनको भनाई छ ।

‘ मेरो अन्यत्रै विवाह गराई दिन लागेका छन पेटमा बच्चा छ भनेर ती युवतीले भन्ने कुराको कुरा हामीले पनि सुनेका छौं –सभापति ओलीले भने –यस घटनाको निष्पक्ष छानविनका लागि सर्वपक्षिय समिति बनाईनु पर्छ र दोषीलाई कडा भन्दा कडा कार्वाही हनु पर्छ भन्ने हाम्रो पार्टीको माग हो । ’

स्थानीयका अनुसार बेपत्ता मध्ये ४ जनाको शव फेला परे पनि दुई जना युवा सञ्जु बिक र गोविन्द शाही अझै भेरी नदिमा बेपत्ता छन । पक्राउ परेका मध्ये ती युवती ,उनका बाबु बीरबहादु मल्ल र आमा प्रकाशी मल्ल पनि प्रहरी हिरासत मै छन ।

के पेटमा साँच्ची नै गर्भ थियो र तनाव दिईयो नवराजलाई ?

ती युवती गत पुसमा भएको रुकुम महोत्सवमा जाँदा प्रेमी नवराज मल्लको घरमा चार दिन र दोश्रो पटक तीन बसेको , चैत्र महिनामा उनका भाई पनि एक हप्ता बस्न आएको मृतक बिककी दिदी सरिता बिकले बताएकी छन ।

केही दिन अघि ति युवतीले नवराजलाई फोन गरेर मेरो अन्यत्रै विवाह गराई दिन लागेका छन भनेर भन्दा यताबाट फोनमा नवराजले मलाई अरु थाह छैन मेरो बच्चा मलाई चाहिन्छ भनेर भनेको आफुले सुनेको उनकी आमाले बताईन । दिदी सरिताका अनुसार उनीहरु दुई जना विच गहिरो प्रेम रहँदै आएको थियो ।
फोन र फेशबुकमा उनीहरु बिच कुरा भई रहने कुरा कलडिटेलबाट पनि पुष्टि हुनी मृतककी दिदी सरिताको भनाई छ । ती युवतीले भनिन हो उसको र मेरो सम्वन्ध थियो । पछि थिएन उति बेलाको सम्वन्ध बारे म सरि भन्छु उनले भनेकी छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment