कर्तव्य निभाउन सकिदैन भने किन गर्छन् साथको कुरा
सारा जीवन सुम्पेरनी किन गर्छन् घातको कुरा।
एउटा मान्छेले अर्कोलाई निच व्यबहार गर्छन यहाँ
आखिर मान्छे मान्छे समान किन गर्छन् जातको कुरा।
*
अर्थ हुदैन यहाँ प्रश्न बिनाको जवाफ भयो भने
गार्हो हुन्छ जिउन कसैको दबाब भयो भने।
मनन गर्नुस राम्रो मान्छेको सुझाव लिनुस
सफलता प्राप्त हुदैन सुझावको अभाव भयो भने।
*
साचो माया गर्ने भए कहिल्यै तर्किएर हुदैन
कुरा नबुझी यतिकै कोहि जर्किएर हुदैन।
दुबैले एक अर्कालाई बुझेर अगाडि बढनुपर्छ
एउटा एकातिर अर्को अर्कोतिर फर्किएर हुदैन।
*
सविता खत्री,
ताराखोला ।
आखिर मान्छे मान्छे समान, किन गर्छन् जातको कुरा !
२०७७ जेष्ठ १७, शनिबार ०८:४५
Footer Slider, Top News, अन्य समाचार, मनोरञ्जन, विविध
Related Posts
२०७८ असार २७, आईतवार २१:०१
ताराखोलाको बाढीमा बेपत्ता भएका घुस्मेलीका कार्कीको खोजी जारी
२०७८ असार २३, बुधबार ०७:०५