प्रेम सुनार, गुल्मी, २०७७ जेठ १७ । यति बेला रुकुम पश्चि र जाजरकोटमा कुनै रडियो , टेलिभिजन र पत्रिकाका सञ्चारकर्मी रिर्पोटि गर्न पुगे पनि त्यहाँका मानिसहरु बोल्नै चाँहदैनन । किनकी हुलका हुल युट्युवरको भिडले हैरान भई सकेका छन शोकाकुल परिवारजनहरु । जाजरकोटस्थित मृतक नवराजकी दिदी सरिता बिक भन्छिन धेरै जना आएर भिडियो खिचेर गई सक्नु भएको छ , अब कति जना संग बोल्ने हो ?
आज नवराजको ३ दिनमा कुनो उम्काईयो । मलामी र आफन्तजन उम्काउनको भ्याई नभ्याई थियो । त्यस्तो बेलामा पनि त्यस परिवारलाई पछ्याएर तनाव पुराउन खोजिदै थियो । मै आफु हिजो मात्र युट्युवमा रुकुम काण्डको एउटा शिर्षक नयाँ खुलासा भनेर लेखेको देखे पछि खोलेर हेरे । भनिएको थियो लौ नयाँ खुलासा भयो ती नवराजकी प्रेमीका सुष्मा शाही नबोल्नुको कारण त यो पो रहे छ ?
के रहेछ त भनेर ती भनेर सुन्दै जाँदा नयाँ खुलासा त यस्तो पो रहेछ प्रहरी हिरासतमा भएका कारण उनी मिडियामा आउन नसकेकी रहिछन । के त्यही हो नयाँ खुलासा ? त्यसै मानिसलाई झुक्काउने , ठग्ने र बेबकुफ बनाउने ?
के मानिसलाई बेबकुफ बनाउने माध्यम हो आम सामाजिक सञ्जाल ? आधिकारिक सञ्चार माध्यमलाई समेत झुक्काउने खालको तस्वीरहरु राख्ने । घटना एकातिरको तस्वीर अर्को तिरको राख्ने ? यहि हो प्रविधी पत्रकारहरुको भुमिका ?
सञ्चारकर्मीद्धयः रवि लामिछाने र युवराज कँडेल माथी लागेको आरोपका सम्वन्धमा होटल मालिक भनिएका ब्यक्तिको आँखाको नानीमा शालिकरामको दृश्य देखियो भनेर अर्कै देश र घटनाको तस्वीर राखियो । कतिपय ठुला राष्ट्रिय सञ्चार माध्यम समेत झुक्कीएर त्यसै तस्वीर राखे । रुकुमकोा वर्वतापुर्ण घटनामा पनि त्यसै गरियो ।
भेरी नदिमा मृत फेला परेका लोकेन्द्र सुनारको शव दुबै हात डोरीले बाँधेको अवस्थामा भनेर अर्कैं फेंक तस्वीर राखियो । स्थानीय सञ्चारकर्मी भएकोले होला भनेर धेरैले पत्याएर शेयर गरे ।
आखिर त्यस तस्वीर फेक रहेछ । विशेष गरि कतिपय युट्युवहरुले कता लैजादै छन समाजलाई ? यसरी त नेपाली पत्रकारिताका क्षेत्र नै बदनाम हुनु पर्ने चिन्ता पो पढ्न थाल्यो ।
कतिपय जिम्मेवार प्रविधी पत्रकारहरुले सञ्चालन गरेका युट्युवहरुले निकै ओझिला , बोझिला र विश्वसनिय सामग्री पस्कीदै आउनु भएको छ । उहाँहरुले सामाजिक उत्तरदायित्व पनि निभाउनु भएको छ । धेरैको उद्धार गर्नु पनि भएको छ । उहाँहरु प्रति साधुवाद ।
तर कैयौं त्यस्ता युटुवरहरु देखिए जसले अलिकति पनि मानवियता , सामाजिक उत्तरदायित्व र संवेदनशिलता देखाएको पाईएन । खास भन्ने हो भने नवराज बिककी प्रेमीकाको तस्वीर सार्वाजानिक नगर्नु पर्ने हो । उनी अपराधी नै भए पनि गर्न पाईदैन ।
अदालतबाट अपराध ठहर भएका अभियुक्तको मुख त प्रहरीले छोपेर सार्वाजानिक गर्छ भने उनी त अहिले सम्म अपराधी ठहर भएकी छैनन । तर जव युट्युवरहरुले उनको फोटा जताततै भाईरल बनाई दिए पछि राष्ट्रिय सञ्चार माध्यमले पनि के लुकाउनु थियो र ? उनको तस्वीर राख्न थालेका हुन ।
अपराधको अभियोग लागेका मानिसहरुको के बाँकी जिवन छैन ? रुकुमकी ती युवतीको पनि बाँकी जिवन छैन ? आवेश र आक्रोषका क्रममा उनका परिवार र गाउँवासीले घेरेर त्यति ठुलो घटना घटाए । कारक उनीहरु बिचको प्रेम सम्वन्ध भए पनि त्यसको पुरापुर दोष उनलाई मात्र किन ?
उनी निर्दोष हुन पनि सक्छिन । किनकी उनले लेखेर पठाएको म्यासेजमा लिन आउन भनेकै छन । भागेर अन्यत्रै गएर बसौंला भनेर लेखेकी छन । मेरो पेटमा बच्चा छ समेत भनेको कुरा नवराजकी आमाले भनेकी छन । यो कोणबाट हेर्ने हो भने घटनाको कारक उनी नभएर उनको परिवार बाधक बनेको देखिन्छ ।
उनी पिञ्जडाको सुवा जस्तै थुनिएर बसेको र त्यस पिञ्जडाबाट मुक्त हुन उनले नवराजलाई बोलाएको हुन सक्छ । तर उनले पछिल्लो चरण जसरी कुरा फेरेकी छन त्यसले भने उनलाई धेरैले सत्तो सराप गरिरहका छन । उनले बोलाएकै हो ? पेटमा बच्चा रहेकै हो र उनी निर्दोष छन भने उनी सत्य कुरा बोल्नै पर्छ ।
परिवारले सत्य बोल्न उनको मुख थुनेको , कुरा फेर्न बाध्य पारेको पनि हुन सक्छ । हामी संग घटनाको दोश्रो दिन प्रहरी हिरासतमा नपर्दै उनी बोलेकी छन । त्यो बोल्दा उनी आमा बाबु कै सामुन्य थिईन । जो बोल्न लगाए त्यही बोलेको पनि हुन सक्छ । मैले छुटौं , आ–आफ्नो लाईनमा लागौं भनेर सम्झाएकी थिएँ नवराजले मानेन आन्दोलन नै उठायो भनेकी छन ।
त्यसो भए किन त्यसरी आठ दश जना साथीहरु लिएर लिन आउ भनेर नवराजलाई बोलाईन त ? उनले म्यासेजमा एक्लै आउँछु भनेका थिए । कि सबै जाजरकोटे युवाहरुको रामधुलाई गर्ने योजना बनाएका थिए र उनका परिवार र छिमेकीहरुले त्यही योजना सफल पारि दिने षडयन्त्र रचिन उनले ? यो प्रश्न पनि उठेको छ ।
खैर यो कुरा प्रहरी अनुसन्धानले देखाउला तर अहिले युट्युव आतंक कै चर्चा गरौं । कहि नभाको खुुलासा गर्नेहरुले भन्नुस त रुकुम काण्डमा के के खुलासा गरेर लछारपाटो लगाउनु भयो ?
अब पनि रुकुम घटनाको कति वटा र कति पटक नयाँ खुलसा भन्दै भिडियो बनाएर युट्युव खेती गर्ने ? खाली झुक्काउने र यतिरञ्जित पार्ने ? आन्दोलन भड्काउने , सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन । गल्ती एउटा समुदायले गरेको छ गाली बाहुन र क्षेत्रीलाई गरिएको छ । त्यही भिडियो हालेर भड्काई दिने ? त्यही कुरालाई महत्व दिदै जाने हो भने जातिय द्धन्द्ध भडकिन सक्दैन ?
कुनै एक समुदायको मन दुखाई दिने ? बुटवलबाट बाट संगिता गौतम अर्यालले फोन गरेर भन्नु भयो रुकुमको नारावाजी र बाहुनहरुलाई गाली गरेको सुन्दा वाहुनकी छोरी हुँ भन्न पनि दुख लाग्यो । मेरो घर गुल्मीको जुभुङ्ग हो । म ईस्मामा धेरै बर्ष बसें । त्यहाँ मेरी परिायर थरकी साथी थिईन ।
उनै संग बर्षौ पछि भेट हुँदा गह भरयो । काम गरि खाने र जन्मीदै सिप लिएर जन्मिने दलित समुदालाई दलित भन्न मलाई मन लाग्दैन । आखिर बाहुन क्षेत्री यस्तो मन र समानताको पक्षधर पनि त छन । अनि सबै बाहुन र क्षेत्रीहरुलाई मुछ्ने ?
जुन सुकै अपराधका घटनामा जो कोही समुदायका मानिस पर्न सक्छन तर सिंङ्गो समुदायलाई मुछेर समाचार मुलक सामग्री पस्कीन पाईदैन । नवराजलाई साथ दिएर जानेहरु दलित मात्रै थिएनन । बाहुन क्षेत्री र मगर समुदायका युवाहरु पनि उनको चोट आफुले पनि थाप्ने हिम्मत गरेर पुगेका थिए ।
त्यसलाई पनि समाचारको बिषय बनाईनु पर्दछ । केटी लिन जाँदा आक्रमण हुन सक्ने संकेतले नै धेरै जना गएको देखिन्छ । जुन संकेत उनकी प्रेमीकाले पनि गरेकी छन । एक्लै आउन मनाही गरेकी छन । युट्युवरहरु मध्ये कतिपयको अझ अर्को कुरा गरौं ।
अर्काको समाचार श्रोत नखुलाई पढेर भ्युज पढाउन पाईन्छ ? रुकुमको स्टोरी खोज्न र त्यसलाई बनाउन मलाई ठयाक्कै दुई दिन लागेको थियो । त्यस बेला मेरो ल्यापट साथमा नभएर मैले फोनबाट लेखेर पठाउनु परेको थियो । फोनमा लेख्दा अशुद्ध हुने गर्छ । सायद मैले फोनमा न्युज नलेख्ने भएर पनि होला ।
त्यो न्युजमा केहि अशुद्ध थियो , लकडाउनको बेला सम्पादकहरुलाई पनि चाँपा चाँप छ कामको । रातोपाटीमा भने सम्पादकहरुले सम्पादन गरेर पोष्ट गर्नु भयो । रातोपाटीको त्यो स्टोरी यति भाईरल भयो कि दुई दिन मै शेयर मात्रै एक लाख २४ हजारले गर्नु भयो ।
अझ त्यो अवस्थामा उनीहरुको तस्वीर पाउन मलाई ठुलो मुस्कील थियो । असाध्धै मुस्कीलले पाएको हुँ । अनि त्यही तस्वीर नचाएर मैरै समाचार पढेर डलर कमाउने कामचोरहरु ?
त्यो एउटा मात्रै हो र ? मेरा तमाम खोजमुलक स्टोरीहरु पढेर पैसा कमाएका छन त्यो पनि श्रोत नै नखुलाई लाखौ भ्युज बढाएर डलर कमाए । यदि मैले युट्युव खेती तिर लाग्थे भने यस भेगमा सबै भन्दा युट्युवबाट पैसा कमाउने मै नै हुने थिएँ होला ।
मेरै ओझेलका खवर उति बेला अडियो मात्रै हुन्थ्यो । त्यसलाई गुल्मी न्युज डटकममा राखिन्थ्यो । त्यसैलाई भिडियो बनाएर युट्युवमा रखेर युट्युव चलाउन सुरु गरेका कतिपयहरु अहिले पैसा कमाएर मात्तिन समेत थालेका छन ।
जो जसले अहिले महिनामा लाखौ बुझ्ने भएका छन उनीहरुले मेरो ओझेलका खबर बाटै भ्युज बढाएका हुन । अहिले मैले पैसा कमाउनका लागि होईन देश विदेशमा रहेका मेरा फ्यानहरुको आग्रहमा ओझेलका खवर कै नामबाट युट्युव चलाएको छ तर म कहिल्लै पत्रकारिताको धर्म भन्दा बाहिर गएर कुनै सामग्री राख्ने छैन ।
पैसा त देह ब्यापार गर्नेहरुले पनि बढि नै कमाएका छन तर उनीहरुको ईज्जत छैन । तर देह ब्यापारि भन्दा पनि बढि गिरेर युट्युव खेती नगरौं । जाजरकोटवासी मृतकका आफन्तजनहरुको आँशु रुँदा रुँदा सकिन लागेको छ । थप आँशु झाार्न नलाउँ ।
सुनिएको छ कतै दुखी बिमारीहरुलाई पहिल्लै सम्झाएर रुन लगाईन्छ भन्ने । के युट्यव आँशुको ब्यापार हो ? के युट्युव मानिसलाई पंगु र मुर्गा बनाउने ब्यापार हो ? रेडियोमा राम्रो संग बोल्ने ढैग छैन यार , युट्युवको खेती गर्न सुरु गरि हाल्छ । अनि त्यस्तालाई रेडियोमा तलव दिएर किन राख्ने ? स्थानीय टेलिभिजनमा तलव दिएर राख्यो तर उसको ध्यान्नै उहि आफ्नो युट्युवमा छ ।
अनि त्यसलाई तलव किन दिने ? युट्युव चलाएर बस्ने भए छुट्टै अफिस खोल्ने बस्ने गरे भई हाल्यो नि । एक जना भाईले अनलाईनमा काम मिलाई दिनु न भनेर पटक पटक करे गरेर लगाईयो । ती भाईले त कम्युटर , क्याम्ररा र ईन्टरनेटको माध्यम खोजेका रहेछन ।
बाल्खाले अनलाईनमा जागिर पाए पछि त धमाधम युट्युवको खेती पो चलाई रहेका रहेछन । तीन महिना पछि उनको खेती सञ्चाललाई थाह भयो अनि निकालेर छाडे । अहिले ओठ मुख सुकाउँदै घरतिर कोदालो खन्दै छन । बरु जोतेर , कोदालो खनेर खाउ यार , त्यस्तो देहब्यापारि भन्दा पनि थप गिरेर सामाग्री पस्कीनु भन्दा त , हुन्तो ?
तिज ताका महिलाहरुलाई नाच्न डर छ । बाजा तालमा झन डर छ । श्रीमान विदेश भई दिन्छ । एक्लै नाचेकी महिलाको बिचमा आएर एउटा पुरुष नाच्न थाल्छ । त्यही भिडियो युट्युवमा ठोकी दिन्छ एउटाले अनि श्रीमान श्रीमति बिच तनाव सुरु हुन्छ ।
त्यस्ता रामरमितामा भिडियो हाल्नु पुर्व सम्वन्धित संग अनुमति लिनु पर्ने कुरामा सरकारले कडाई गरोस । कुनै सरकारी निकाय संघ संस्थाले कार्यक्रम गरेको ठाउँमा आधिकारिक सञ्चार माध्यमका सञ्चारकर्मीले क्याम्रा खिच्न पाउँदैनन । युट्वरहरु नै अगाडी । कतिपय जनप्रतिनिधीहरुलाई अनाहकमा बदनाम गरिएको समेत ग गुनासो आएको छ ।
उनीहरुलाई जो पात्र जे बोलेर भिडियो भाईरल बन्छ भन्ने लाग्छ त्यही कुरा बोल्न लगाउने , फेंक फोटा राख्ने , पत्रकारिताको आचरसंहिता भन्दा बाहर जानेहरुलाई कानुनी दायरामा ल्याईयोस् ।
अति भएको छ । यहि चालले हो भने नेपाली पत्रकारिता क्षेत्र नै बदनाम हुने र आधिकारिक र बिश्वसनिय सञ्चार माध्यमको पनि बिश्वसनियता गुम्ने खतरा बढेको छ । यस प्रति सम्वन्धित निकायको बेलैमा ध्यान जाओ्स । जिम्मेवारी युट्युव सञ्चाकहरुलाई यो कुरा भनिएको होईन अन्यथा नहोस । यो जो जस संग सम्वन्धित छ ।
2 Comments