शान्त खत्री मौसम , ताराखाेला २०७७ जेठ १७ । ताराखोला गाउँपालिकाको वडा नम्बर–३ हिल काँक्राखोरमा रहेको प्रगतिशिल युवा परिवारको सक्रियतामा मोटरबाट मर्मत गरिएको छ ।भर्खयामको बेला आवत–जावतमा सहज होस भनेर मनिवलदेखि काँक्राखोर आधारभुत विद्यालयसम्मको घुम्टे पर्यटकीय मोटरबाटो मर्मत गरिएको हो ।
क्लवको आव्हानमा गाउँका युवाको सहभागितामा सडक मर्मत गरिएको क्लवका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए । ‘वर्षाका कारण मोटरबाटोको ठाउँ–ठाउँमा खाल्डा खुल्डी परेका थिए’, अध्यक्ष भण्डारीले भने, ‘कोरोनाको प्रभाव छ सामाजिक दुरि कायम गरि लकडाउनको समयलाई सदुपयोग गरि मोटर बाटो मर्मत गरिएको बताए ।
मर्मत कार्यमा क्लवमा आवद्ध २५ जना भन्दा बढी युवा सहभागी थिए । क्लवले लकडाउनको अवसर पारेर सामाजिक काम गरिएको क्लबका सदस्य नारायण घिमिरेले जानकारी दिए । मोटरबाटोको बिच बिचमा मिसावट बालुवा गिटीले खाल्डाखुल्डी पुरेपछि आवतजावतमा सहजता हुने क्लबका सदस्य नबिन लामिछानेले जनाए।