निर्मल पौडेल पर्वत २०७७ जेठ २१ । पर्बत जिल्ला अदालत बार ईकाईले अदालतमा एक थान थर्मल गन उपलब्ध गरएको छ । बारईकाइ पर्बतका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले मङ्गलबार सस्थाकाे तर्फबाट उक्त सामग्री अदालत लाई उपलव्ध गराएका हुन् ।
अदालतमा लकडाउनकाे समयमा पनि बन्दि प्रत्यक्षिकरण फाैजदारी अभियाेग लगायतका मुद्धाहरू प्रक्रियागत रूपमा सुनुवाई भइरहेकाे र सेवाग्रही समेत अाउने भएकाले सुरक्षाका लागि उक्त सामग्री प्रदान गरिएकाे क्षेत्रीले बताए ।
बिश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना भाईरसकाे सङ्क्रमण अदालतमा फैलिन नपाअाेस् भनेर सामान्य चेक जाँचका लागि ज्वराे नाप्ने मेसिन प्रदान गरिएकाे क्षेत्रीले बताए । सामग्री ग्रहण गर्दै अदालतका श्रेष्तेदार रामबहादुर थापाले सामग्री सामान्य भएपनि बर्तमान अबस्थामा महत्वपुर्ण रहेकाे बताउदै सहयाेगी सस्थालाई धन्यबाद ज्ञापन गरेका थिए । उनले अदालतमा सुरक्षा सामग्री नहुदा दैनिक काम कार्बाहीमा प्रभाक परिरहेकाे सन्दर्भमा बार ईकाइकाे सहयाेगले राहत मिलेकाे थापाले बताए ।