Sorry, that menu does not exist.
 

बैँक तथा वित्तिय सँस्था दैनिक रुपमा सञ्चालन गर्न दिने निर्णय !
कोरोना संक्रमितको उपचार अब बुर्तिवाङ स्वास्थ्य केन्द्रमा : १२ आइसोलेसन कक्ष निर्माण गरिने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ जेठ २१ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको समुपस्थितिमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, निसीखोला, तमानखोला र बडीगाड गाउपालिकाका अध्यक्ष क्रमश तारानाथ पौडेल, जोकलाल बुढा र मेहरसिँह पाईजा सहितको बैठकले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२ आईसोलेसन कक्ष निर्माण गरी कोरोन संक्रमिति बिरामीहरुको बुर्तिवाङ स्वास्थ्य केन्द्रमै उपचारको प्रवन्ध मिलाउने र कोरोनाका विरामी बागलुङ पठाउनु पर्ने समस्याको अन्त्य गर्ने निर्णय गरेको छ ।

जिल्लाका सबै सुरक्षा निकाय प्रमुखहरु जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, अर्जुनवाण गण घोँडाबाँधेका प्रमुख सेनानी मिलनध्वज खाण, उप अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, सशस्त्र प्रहरी नायव उपरीक्षक बासुदेव लोहनी तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, चारै पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतहरु, बुर्तिवाङ स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरी समेतको उपस्थितिमा भएको सो बैठकमा आईसोलेसन कक्ष निर्माण गर्न ढोरपाटन नगरपालिकाले रु ४ लाख र अन्य तीन पालिकाहरुले २।२ लाख रकम जम्मा गरी तत्काल आईसोलोसन कक्ष निर्माण सुरु गर्ने निर्णय भएको छ ।

त्यसैगरी भोलिदेखि चारवटै पालिकामा रहेका बैँक तथा वित्तिय सँस्था दैनिक रुपमा सञ्चालन गर्न अनुमती दिने निर्णय गरिएको छ । हप्तामा दुई÷तिन दिन खोल्दा बैँकमा भीडभाड बढि देखिएका कारण सेवाग्राहीको सहजता र भीडभाड कम गर्न यस्तो निर्णय गरिएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए ।

त्यसैगरी लकडाउनलाई यथावत राख्दै सीमा नाकामा कडाई गरिने भएको छ । खाद्याान्न पसल दैनिक साँझ ५ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको हो । बैठकले पालिका अन्र्तगत बार छुट्याएर खाध्यान्न ढुवानी गर्ने निर्णय गरेको छ । जसमा आइतबार र सोमबार तमानखोला गाउँपालिका, मँगलबार र बुधबार ढोरपाटन नगरपालिका, बिहिबार र शुक्रबार निसीखोला गाउँपालिका र शनिबार वडीगाड गाउँपालिकामा खाद्यान्न ढुवानी गर्न दिने निर्णय भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

4 Comments