मित्रलाल खरेल, गल्कोट २०७७ जेठ २१ । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन, यसको नियन्त्रण, रोकथाम र उपचारमा स्थानीय तहहरु विशेष सक्रिय रहेका छन् । लकडाउनका नियमहरुको पूर्ण पालना गर्न गराउन र भारत लगायत तेश्रो मुलकबाट जिल्ला फर्कनेहरुलाई क्वारेन्टाईनमा राख्ने र उनिहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागी पठाउने कार्यमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ताहरुको प्रयास सह्रानीय रहेको छ । स्मरणीय के छ भने बागलुङ जिल्लामा १५ सयको हाराहारीमा भारतबाट फर्किएका व्यक्तिहरु विभिन्न बिद्यालयमा निर्मित क्वारेन्टाईन कक्षहरुमा बसिरहेका छन् । यसरी भारतबाट फर्किएकाहरु मध्य बडीगाडका २ जना र तमानखोलाका ४ जनामा कोरोना संक्रमण देखिएपछी बागलुङ जिल्लामा विशेष सतकर्ता अपनाईएको छ ।
यसै सिलसिलामा गाउपालिकाहरुले जिल्लाका उपयुक्त स्थानमा क्वारेन्टाईनका साथ साथै आईसोलेसन बेडहरु निर्माण गर्ने सोँचलाई अघि सारेका छन् । गल्कोटको हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको हुनाले गल्कोट नगरपालिका २ नरेठाँटीमा नवनिर्मित स्वास्थ्य चौकी भवनमा निकट भविष्यमै आईसोलेसन कक्ष बनाउने विषयमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजु लगायत सुरक्षा निकायका प्रमुखहरु संग आज प्रारम्भिक छलफल भएको नगरप्रमुख भरत शर्मा गैरेले ईबागलुङलाई बताए ।
उपप्रमुख रेणुका काउचाले आईसोलेसन कक्ष बनाउन नरेठाँटी स्थित स्वास्थ्य चौकी उपयुक्त भएको आज निरीक्षण अवलोकनका क्रममा सहमति बनेको जानकार दिईन् । गल्कोट नगरपालिका २ नरेठाँटीका अध्यक्ष एवं नगरपालिकाका प्रवक्तन हिमबहादुर भण्डारीले स्वास्थ्य चौकीमा आईसोलेसन बेडहरु बनाउन आवश्यक स्वास्थ्य सामाग्रीहरु प्रदेश तथ संघीय सरकारबाट सहयोग हुन पहल हुनुपर्ने बताए ।
यससम्वन्धमा प्रमुख जिल्ला अधिकारी सैजुसंग जिज्ञासा राख्दा नरेठाटी स्वास्थ्य चौकीमा आईसोलेसन बेडहरु बनाउन आवश्यक पहल सुरु गरिने जानकारी दिए । अहिलेको अवस्थामा आईसोलेसन कक्ष आवश्यक छ भन्ने कुरामा नगरप्रमुख, उपप्रमुख एवं वडाध्यक्ष सबै सहमत पायौँ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा त्यस क्षत्रका चार पालिकाहरुले १० लाखको लागतमा आईसोलेसन बेड निर्माण गर्ने निर्णय भैसकेको बताउदै प्रजिअ सैजुले गल्कोटमा पनि छिटै आईसोलेसन कक्ष बन्ने विश्वास व्यक्त गरे ।