सोम शर्मा पर्वत २०७७ जेठ २२ । पर्वत जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । उनिहरुलाई पर्वत अस्पतालको आईसोलेसन कक्षमा राखिएको छ । भारतबाट आउने ब्यक्तिलाइ सदरमुकामकै दुई होटल र शिबालय उच्च माविमा क्वारेन्टाइनमा राखिएको छ। यसो गर्दा स्वाब लिन धेरै टाढा पुग्नुनपर्ने हुन्छ, जस्ले गर्दा जनशक्ती र समयको सदुपयोग हुनेमा त्यहांका सम्बद्द निकाय बिश्वस्त छन।
पर्वत स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमका अनुसार सुरुमा बाहिरबाट आउने ब्यक्तिलाइ हामीले सिधै यहिको क्वारेन्टाइनमा राख्छौं । ८ देखि १० दिनभित्र उनिहरुको पिसिआर जाँच गरेर यदि नेगेटिभ आयो भने पालिकास्तरिय क्वारेन्टाइनमा पठाउने र यदि पोजेटिभ आयो भने अस्पताल लगिने बताए । संक्रमित ब्यक्तिलाइ छिटै अस्पताल ल्याउन सहज होस भनी यसो गरिएको हो, उनका अनुसार संक्रमितलाइ उपचार गर्नको लागि अहिले जिल्ला अस्पतालमा २० आइसोलेसन बेड छ, अहिलेसम्म २९२ जनाको पिसिआर जाँच गरेर उनिहरुको नतिजा पनि आइसक्यो जसमा ९ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतका सुचना अधिकृत घनश्याम गौतमलाइ आइसोलेसनको क्षमताको बारेमा प्रश्न गर्दा उनले जिल्ला अस्पतालमै थप २० बेडको आइसोलेसन कक्ष थप्ने तयारी भएको जानकारी दिए । उनले आइसियुको समेत प्रकृया अघि बढाएको बताए।
क्वारेन्टाइनको बारेमा उनले अहिलेसम्म भारतबाट आएकाको संख्या २२३ रहेको र उनिहरुलाइ सदरमुकामकै दुई होटेल र एक बिद्यालयको क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
भोलि आउन सक्ने ब्यक्तिलाइ मध्यनजर गरेर शिवालय उच्च माविको क्वारेन्टाइनको हालको ७५ बेडको क्षमता बढाएर १५० पुर्याउने र पछि पालिकास्तरिय क्वारेन्टाइन बनाएर उतै पठाउने सूचना अधिकृत गौतमले ईबागलुङलाई बताए ।
्