कुसुम थिङ , बागलुङ २०७७ जेठ २२ । लामो समय सम्मको लकडाउनले आर्थिक कारोबार चौपट बनेपछी सदरमुकाम बागलुङ बजार लगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा स्थानीय व्यापारीहरुले पसलहरु खोल्ने जमर्को गरेका छन् । केहि दिन यता फाटफुट पसलहरु खोल्ने गरेको देखिएपनि आज केहि बढी मात्रामा पसलहरु खुलेको सहकर्मीहरुले जानकारी दिएका छन् ।
हिँजो प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सहितको सुरक्षा टोली आउने खबर पाएपछी हतार हतार हटियाका व्यापारीहरुले पसल बन्द गरेको दृश्य रोचक थियो । स्थानीय प्रशासनले पसलहरु बन्द गर्न दबाब दिन नहुने व्यापारी उद्योग व्यवसायीहरुको माग रहेको छ ।
पर्वत कुस्माका व्यापारीहरुले लकडाउनको अवज्ञा गरेर पसलहरु खोलेका छन् । कुस्मा बजारका ७० प्रतिशत भन्दा बढी पसलहरु खुलेको पर्वतबाट सहकर्मी प्रकाश पौडेलले जानकारी दिए ।
उता राजधानीमा पनि पसल बन्द गर्न प्रशासनले दबाब नदिने समाचार प्रकाशमा आएको छ । ।
लकडाउनको अवज्ञा गर्दै बागलुङमा व्यापारीहरुले गरे पसल खोल्ने जमर्को !
२०७७ जेष्ठ २२, बिहीबार १६:३८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
5 Comments