Sorry, that menu does not exist.
 

आईसोलेसन कक्ष निर्माण गर्न सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशसंग ३० लाख रकम माग !

सोम शर्मा, बागलुङ २०७७ जेठ २२ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिका अध्यक्ष गौलोचन सैजुको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ संक्रमण भएका व्यक्तिहरुको उपचार र आईसोलेसन कक्ष तयार गर्ने सम्वन्धमा विविध ७ वटा निर्णयहरु गरेको छ ।

धौलागिरी अस्पतालले मात्र संक्रमितहरुको चापलाई धान्न गाह्रो परेको अवस्थालाई मध्य नजर गर्दै धौलागिरी अस्पतालमा २४, यस अस्पताल अन्तर्गत धौलागिरी बहुमुखी क्याम्पसमा ५०, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अन्तरगत नरेटाटी स्वास्थ्य चौकीमा १२ र कुस्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेडको आईसोलेसन कक्ष निर्माण गर्न सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा रु ३० लाख निकासाका लागी माग गर्ने निर्णय गरेको छ ।

यसका साथै बागलुङ बजारमा निजीस्तरमा सन्चालित मुक्तिनाथ १५ सफल १० र निलगिरी अस्पतालालाई १५ संख्यामा बेडहरु उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय यसप्रकारछ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !